मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडादशैँको अवसरमा मंगलसेन शुभकामना आदान प्रदान तथा चियापान

बडादशैँको अवसरमा मंगलसेन शुभकामना आदान प्रदान तथा चियापान


अछाम : बडादशैँ–२०७८ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी सरोकारवाला सबैले नेपालीहरुको महान चाडपर्व घर आँगनमा आएकाले सबैलाई सुख शान्ती र समृद्धिको शुभकामना ब्यक्त गरेका थिए । चाडपर्वले सबै नेपालीको आपसी, सम्बन्ध भावनालाई जोड्दै जाने भएकाले सबैले आपसी भाईचाराको सम्बन्ध कायम गर्नुपर्ने बताएका थिए ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले चाडबाड मनाईरहने बेला अझै पनी स्वास्थ्यका मापदण्ड अपाउन जरुरी रहेको बताए ।

अझै पनि कोरोनाको जोखिम कायम रहेकाले हरेकलाई बिशेष ध्यान दिन आग्रह गरे । चाड बाडको बेलामा दैनिक उपभोग्यका सामाग्रीमा कालोबजारी गर्ने ब्यापारीलाई कारबाही गरिने बताउदै आम उपभोक्तालाई त्यस्तो कही कतै भएको पाईएमा प्रशासनलाई जानकारी गराउन आग्रह गरे ।

चाडबाडको समयमा घटनसक्ने सम्बन्धीत घटनलाई लक्षित गर्दै जिल्लामा शान्ति सुरक्षा समेत कडा पारिएको जानकारी दिए ।कार्यक्रमका अध्यक्ष मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले स्थानिय सरकारबाट प्रवाह हुने सेवामा अझै प्रभावकारी बनाउनु आफु दिनरात लागि परेको बताए ।

सरकारले गरेका हरेक काममा सुधारका लागी सबैलाई सकारात्मक सुझाव दिन आग्रह गरे। शुभकामना आदानप्रदान कार्यक्रममा नगरपालिका सम्पुर्ण जनप्रतिनीधी, सरकार तथा गैरसरकारी संघ संस्थाका प्रतिनीधी, शिक्षक, कर्मचारी, पत्रकारको सहभागीता रहेको थियो ।

नगर उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गरेका थिए ।