मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको उपासना गरिँदै

आज दसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको उपासना गरिँदै


काठमाडौं- नेपालीको महान् चाड वडादसैंको तेस्रो दिन आज चन्द्रघण्टा आराधना गरेर मनाइँदैछ। आजको दिनलाई आश्विन शुक्ल तृतीयाका नामले चिनिन्छ। 

विधिपूर्वक दीप, कलश, गणेशको पूजाका साथ दुर्गाको प्रतिमामा चन्द्रघण्टाको पूजन गर्दै अंकुरित हुन लागेका जमरामा जमराकी अधिष्ठात्री देवीको पूजा गर्दै जल अभिषेक गरेर आरधना गरिन्छ। 

‘चन्द्रः घण्टायां यस्याः सा’ चन्द्रमा जसको घण्टामा विराजमान छन् उनै त्रिगुणात्मिका पराम्बा भगवती चन्द्रघण्टाले मानिसमा भएको अन्तर्निहित चेतन शक्तिलाई ऊर्जाका रुपमा परिणत गर्दै आफूमा निहित गर्नु र शान्त स्वभावमा परिणत गराउनु चन्द्रघण्टा देवीको स्वभाव हो।

सात्विक बलिका रुपमा खिचडी घृतोदन, पायसका साथै कुष्माण्ड, नरिवल, काँक्रो, उखु, केरा आदि फलफूल अर्पण गर्न सकिन्छ। अहं विज्ञानाविज्ञाने आदिदैविक, आदिभौतिकतामा भएको सार स्वरुप विज्ञान र अविज्ञान स्वरुपा म नै हुँ। म भन्दा भिन्न केही छैन र सबै ममा नै समाहित छन्। यी वाणीहरू देव्यथर्वशीर्षमा देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ। 

जीवित कन्याका रुपमा सम्पूर्ण कलाले युक्त, भक्तहरूको हृदय कमलमा बास गर्ने कल्याणकी प्रतिमूर्ति महाकाली स्वरुपा चार वर्षले युक्त भएकी कल्याणी नाम गरेकी कन्यालाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ।