अछाम । अछाममा स्वास्थ्य संस्थामा आएर सुरक्षीत प्रसुती गराउँनेको संख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय अछामले आर्थिक वर्ष २०७७।०७८ को स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा आगामी योजना बारे पत्रकारहरु संग अन्तरक्रियामा सो जानकारी गराईएको हो ।
१० वर्ष अघि जम्मा २५ दशुमलव २५ प्रतिशतले मात्रै स्वास्थ्य संस्थामा आएर सुरक्षीत प्रसुती गराएका थिए भने आर्थिक वर्ष २०७७।०७८ मा यो ८६ दशमलव ६ प्रतिशतले स्वास्थ्य संस्थामा आएर वच्चा जन्माएका छन । यो निकै सकारात्मक पक्ष हो ।
जिल्ला भरिमा जम्मा ८१ वटा वर्थिङ सेन्टर मार्फत सुरक्षीत प्रसुती सेवा प्रदान भईरहेकोले यसमा उल्लेख्य सुधार भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।
यो संगै अछाममा गत आर्थिक वर्षमा १०९ जना वच्चा मृत जन्मिएका छन । स्वास्थ्य कार्यालय अछामका अनुसार स्वास्थ्य संस्थामा ढिलोगरि पुग्ने, यातायातको असुविधा लगायतका विभिन्न कारणले यो समस्या देखिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अछाम अन्तरगत जिल्लाभरीमा गत आर्थिक वर्षमा भएगरेका कामकार्यको समग्र अवस्थाबारे जानकारी सहित आगामी योजनाको विषयमा पनि छलफल गरेको थियो ।
छलफलका क्रममा जिल्लाको समग्र स्वास्थ्य संस्थाहरुको अवस्था विष्लेषण, पूर्ण खोपको अवस्था, परिवार योजना, सुरक्षीत प्रसुती सेवाको अवस्था लगायतका विषयमा कार्यालय प्रमुख ढुंगानाले पत्रकारहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अछाम शाखाका अध्यक्ष खम्मा खत्री, स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगाना र जिल्ला स्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया