मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटी र डडेलधुराका अधिकांश ठाउँमा पहिरो : ४ दिन देखि सडक अवरुद्ध

डोटी र डडेलधुराका अधिकांश ठाउँमा पहिरो : ४ दिन देखि सडक अवरुद्ध


धनगढी । डोटी र डडेलधुरा जिल्लाको अधिकंश ठाउँको पहिरोले सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरुले विगत ४ दिनदेखि सास्ती खेपीरहेका छन। डोटी र डडेलधुरामा बाटो अबरुद्ध हुँदा यात्रुहरु ३ दिन देखि बिचल्लीमा परेका छन् ।

अछाम, बाजुरा र डोटी देखि आएका यात्रुहरु ४ दिन देखि अलपत्र अवस्थामा रहेका छन् । डडेलधुराको सकायल र रदुवा खोला नजिकै पहिरो जाँदा यात्रु बाहक र अन्य गाडिहरु अलपत्र अवस्थामा रहेका छन् । यस्तै धनगढी, महेन्द्रनगर, काठमाडौँ नेपालगंज देखि गएका गाडीहरु साहुखर्क नै रोकिएका छन्।

डडे्धुरा कै साहुँखर्कमा पनि पहिरो हुँदा सडक अवरुद्ध छ । रदुवा खोला, सकायल र साहुँखर्कको पहिरोले यात्रुहरु लाई आवत जावत गर्न असहज भइरहेको छ ।

अन्य साना पहिरो सफा गरेर बाटो खुलाउने काम भए पनि डडेल्धुराको रदुवा खोलाको पहिरोले पुरै बाटो बन्द भएपछी उक्त ठाउमा सडक खुल्न सकेको छैन। यस्तै डडेल्धुराको साहुखर्क नजिकको पहिरोले पनि सडक अबरुद्ध छ।

बाटो अबरुद्ध भएको ठाउमा यात्रुहरु ३ देखि ७ किलोमिटर सडक हिडेर गाडी परिबर्तन यात्रा गर्न बाध्य छन्।