मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङ पहिरो : ५ दिनदेखि १९ जना बे’पत्ता, ४ जनाको श’व भेटियो

बझाङ पहिरो : ५ दिनदेखि १९ जना बे’पत्ता, ४ जनाको श’व भेटियो


धनगढी : बझाङको थलारा गाउँपालिकामा गएको पहिरोमा अझै १९ जना बे’पत्ता छन्। कार्तिक २ गते थलारा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बे’पत्ता भएका थिए भने शनिबारसम्म चार जनाको श’व भेटिएको छ।

उनीहरुमध्ये तीन जनाको सनाखत भइसकेको छ भने आज भेटिएका एक जनाको भने अझै सनाखत हुन सकेको छैन। आयुष पार्की, विकास सार्की र सीता सार्कीको शव फेला परेको छ भने शनिबार भेटिएको श’वको पहिचान हुन बाँकी छ।

प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बे’पत्ता १९ जनाको खोजी भइरहेको बताए। उनका अनुसार ३ गतेदेखि प्रहरी, सेना र सशस्त्र प्रहरी खोजतलासमा खटिएका छन्। पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बे’पत्ता भएका थिए। 

थलारामा पहिरो गएपछि करिब एक सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ। विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका एक सय ४८ परिवार अझै त्रासमा छन्। – फोटो प्रताप ओली