मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बि. स. २०२६ देखि २०७८ सम्म अछामले वेहोर्नु परेको प्राकृतिक विपदको संक्षिप्त इतिहास

बि. स. २०२६ देखि २०७८ सम्म अछामले वेहोर्नु परेको प्राकृतिक विपदको संक्षिप्त इतिहास


अछाम : जिल्लाले करिब १०४ वर्ष यता सामाना गर्नु परेको प्राकृतिक विपदको इतिहासलाई वि.सं २०२६ साललाई मध्यविन्दु मानेर वि.सं २०२६ साल देखि उता वि.सं १९७४ र यता वि.सं २०७८ साल सम्म निहाल्ने हो भने, वर्षाऋतु समाप्ती र शरदऋतुको आरम्भसंगै हिन्द महासागरमा देखा पर्ने समुद्री हलचलको असरका कारण भदौ दोस्रो साता देखी असोज मसान्त सम्म ठूलो धनजनको क्षति वेहार्नु परिरहेको अवस्था देखिन्छ ।

  • वि.सं १९७४ को असोज पहिलो साता अछामको रामारोशन खण्डमा परेको अविरल मुसलधारे वर्षाका कारण कैलाशखोलाको उद्मस्थल रामारोशन देखी विसर्जन स्थल मिसिने जिमजाडी सम्मका नदी किनारामा अवस्थित सम्पूर्ण खेतीयोग्य जमीन, घर, छाना, पशु, चौपायाहरुको कैलाशखोलाले तहसनहस गरेको बुढापाखाहरूको भनाई छ ।
  • वि.सं १९९० सालको असोज पहिलो साता परेको अविरल झरीका कारण पूर्वी दक्षिणी अछामको ढकारी, हिच्मा, वस्तीको सिमानामा भएर बग्ने चायरा खोलाले अछामकै सबै भन्दा ठूलो नदी किनाराको उर्वराफाँट सुनतडी र बुढासैनलाई बगरमा परिणत गरायो ।
  • वि.सं २०१८ सालको भाद्र महिनाको अन्त्य तिर परेको अविरल झरीका कारण बाजुराको छतारा स्थित सिमलागाउँनै पहिरोमा बगी बाजुरा अछामको सिमाना अवस्थित काँसागाँडमा मिसियो यसै गरी अछामको बाबला, ठाँटी बगुडाको पहिरो नवठाना, नन्देगडा तथा गाजराको सिमानामा अवस्थी दर्नीमा गएको भिषण पहिरोका कारण कासाँगाड, छिपेखोला, सरानी, अर्दली, इकडीगाँड र बुढीगंगा नदीको उत्तर बुढाबगर देखी जिम्मडारी सम्मको विशाल खेती योग्य जमिन बगरमा परिणत भयो । २०१८ सालको बाढी पहिरोले निम्त्याएको क्षतिका कारण थुप्रै अछामबासी आफ्नो गाउँघर छाडी मुग्लान पस्न वाध्य भएका थिए ।
  • वि.सं २०४० सालको असोज अन्तिमसाता परेको अन्तिम साता परेको ८ दिने अविरल झरीले अछाम मात्र नभई समग्र सुदूरपश्चिम र कर्णाली क्षेत्र नै प्रभावित भयो कर्णाली, सेती, महाकाली नदीहरु एवं यीनका जलाधारक्षेत्रबाट बग्ने ठूलासाना गाड, खोला नालाले थुप्रै गाउँवस्तीलाई प्रभाव पा¥यो, बुढीगंगा नदीले बाजुराको मौ¥याको गाउँ बग्यो, अछामको साँफेवगरको फाँट बगाउदै साँफेवगर विमानस्थललाई समेत प्रभावित पा¥यो । ठूलो धनजनको क्षति भयो ।
  • वि.सं २०६३ सालको भदौ पहिलो साता परेको अविरल झरीका कारण भदौं १० गते अछाम जिल्लाको खप्तडमा अवस्थित बयाल्त, तुका, भेरसैन, चुची, पातलको गाँउवस्तीहरुमा भिषण पहिरो गइ झण्डै ८३ घरधुरी क्षतिग्रस्त भए । ६ जनाको मृत्यु भयो र वस्ती नै विस्तापित हुन पुग्यो ।
  • वि.सं २०६८ सालको असोज दोस्रो साता परेको ७ दिने अविरल झरीका कारण अछाम जिल्लाको थुप्रै गाउँवस्ती एवं वालीनालीलाई प्रभावित पा¥यो र खाध्य संकटको सामाना गर्नु प¥यो ।
  • वि.सं २०७२ सालमा असोज महिनाको पहिलो दोस्रो परेको अविरल झरीले वालीनालीलाई क्षतिपु¥याई खाद्यसंकट सृजना गरायो ।
  • वि.सं २०७७ साल भदौ २ गते राती कैलाशखोलामा आएको बाढीले रामारोशनको सैनीबजार तहसनहस पा¥यो १७ जना मानिसहरु लगायत पशुचौपायाको ज्यान गयो सम्पूर्ण सैनीबजार नै बगरमा परिणत भयो र नदी किनाराका खेती योग्य जमीन र तिमिल्सैन रामारोशन सडक खण्ड तहसनहस भयो ।
  • वि.सं २०७८ साल असोज ३१ गते देखी कार्तिक ०३ गते राती सम्म परेको अविरल झरीका सुदूरपश्चिमका कारण थुपै्र स्थानमा बाढी पहिरो गई सम्पूर्ण सडकहरु नै अवरुद्ध हुन पुगे, मानिसहरु विधुत, सञ्चार विहिन बने । बालीनालीको तहसनहस भयो । सबै भन्दा ठूलोक्षति बझाङ्गमा भयो जिल्लाको थलारा गाउँपालिका वडा नं ४ मा डिख्लामा २३ जना मानिसहरु पहिरोमा पुरिएर वेपत्ता भए ।

डोटी, डडेल्धुरा, वैतडी, कैलाली, कञ्चनपुर र बझाङ्गमा झण्डै १२ जना भन्दा बढी मानिसहरुको मृत्युभयो । अछामको मेल्लेख गाउँपालिकाको सरानीमा ५८ घरधुरीका मानिसहरु विस्थापित हुन पुगे । समग्र सुदूरपश्चिम भरी ठूलो धनजनको क्षति भयो ।

भदौ असोज मसान्तमा पर्ने अविरलझरीका कारण वेहर्नु परेको धनजनको क्षतिलाई न्यूनिकरण गर्न आम नागरिक, स्थानीय, प्रदेश तथा नेपाल सरकार र अन्य सराेकारवालाहरूले संवेदनशिल भएर जोखिममा रहेका घर, गाउँवस्ती र अन्य प्राकृतिक स्रोत सम्पदाहरुको वैज्ञानिक व्यवस्थापनमा जोड दिन जरुरी छ ।

श्रोत : हिम विश्वकर्मा, जनालीकाेट, अछाम ।