‘कांग्रेस अछामका सभापती स्वाँर नेतृत्वको एक टोलीद्वारा अछामका समसामयिक बिसयमा गृहमन्त्री संग छलफल’
अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर नेतृत्वको एक टोलीले गृहमन्त्री बाकृष्ण खाँड संग भेटबार्ता गरेको छ ।
सभापती स्वाँरको नेतृत्वमा अछाम कांग्रेसका नेताहरु सहित गएको टोलीले गृहमन्त्रीलाई भेटेर बिगत ८ दिन देखि बेपत्ता रहेका कांग्रेस क्षेत्र नं. २ का पूर्व क्षेत्रिय सदस्य रेशमराज तिमिल्सैना खोजीका लागि थप पहल गर्न आग्रह गरेको छ ।
जवाफमा गृहमन्त्री खाँड सकरात्मक भएको र खोजीका लागि आवश्यक सहयोग गर्ने बचन दिएको सभापती स्वाँरले बताए ।
साथै अछामका अन्य समसामयिक बिषयमा समेत टोलीले गृहमन्त्री संग छलफल र सहयोगका लागि आग्रह गरेको कांग्रेस महासमिती सदस्य एवंम पञ्चदेवल बिनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले सुदूरआजलाई जानकारी दिईन् ।
टोलीले अछाममा बाढी पहिरोले गरेको असर र राहतको लागी माग समेत गरेको छ भने धेरै दिन देखि काठमाडौं मेडिकल कलेजमा उपचाररत कांग्रेस अछाम क्षेत्र नं. २ का क्षेत्रीय सभापति लक्षम्ण शाहको स्वास्थ उपचारका लागी समेत सहयोग माग गरिएको उनले बताईन् ।
छलफलमा कमलबजार इलाका प्रहरी कार्यलयको भवन निर्माणका लागी समेत माग गरिएको छ
गृहमन्त्री खाँडले तिमिल्सैनाको खोजीको लागी सम्बन्धित निकाय लाई निर्देशन दिने, बाढी र पहिरोको क्षती एकिन गरि सहयोग गर्ने र क्षेत्रीय सभापतिको उपचारमा सहयोग गर्ने बचन दिएको उपप्रमुख चलाउनेको भनाई छ ।
भेटघाटमा महासमिति सदस्य बलबहादुर कुवँर, कांग्रेस अछामका सचिव नम बहादुर शाही, जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर कुन्वर, कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्ट नेविसंघ नेता सुशील कुन्वर, बि पि रेग्मी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया