टेकराज भण्डारी, अछाम
नेकपा एमालेको आशन्न १० औं महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन गर्ने क्रम जारी रहेको छ । कात्तिक ६ गते देशभरीका वडा अधिवेशनको भर्चअल उद्घाटन गरिएकोमा उक्त दिन हुन नसकेका वडाका अधिवेशन समेत धमाधम भैरहेका छन् । अछाम जिल्लाका विभिन्न वडामा अधिवेशन भैरहेका र हुने क्रममा रहेका नेकपा एमाले अछामले जनाएको छ ।
अछाम जिल्लाका ९१ वटा वडामध्ये हालसम्म करिब ४० बढी वडाको अधिवेशन भैसकेको नेकपा एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले बताए । विभिन्न वडामा अधिवेशन भैरहेको र बाँकी वडामा कात्तिक १४ गतेभित्रगर्ने गरी तयारी अघि बढीरहेको उनले बताए ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर केन्द्रको निर्देशन अनुसार पार्टीको आधारस्तम्भका रुपमा रहेका वडा अधिबेशनबाट वडा नेतृत्व चयन गर्ने कार्य समेत जारी रहेको एमाले कार्यालय सचिव केसीले बताए । संगठीत सदस्यता नविकरण, शुल्क संकलन, पालिका प्रतिनिधि छनौट लगायतका कार्य वडा अधिवेशनबाट भैरहेका केसीको भनाई छ ।
पछिल्लो बेमौसमी बर्षा तथा सञ्चार माध्ययममा आएको अवरोधका कारण वडा अधिवेशनमा केही प्रभाव परेपनि आफ्नो पार्टीको चुस्त संगठनले सबै कार्य अघि बढाईरहेको कार्यालय सचिव केसीले बताए। यता जिल्ला सदरमुकाम समेतरहेको मंगलसेन नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको वडा कमिटि चयन गरिएको छ ।
हरिपाले कामीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सिद्धप्रसाद ढुंगानाले बताए । वडा कमिटिको उपाध्यक्षमा रतन भाट, सचिवमा रुद्र बिक, उपसचिवमा सीता देवि ढुंगाना र छत्र बहादुर बोहरा निर्वाचित भएका छन् । यस्तै अधिवेशनबाट राष्ट्रिय युवा संघ नेपालको वडा कमिटि अध्यक्षमा भोजराज ढुंगाना निर्वाचित भएका छन् ।
यसैगरी पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानमा खडक बोहराको अध्यक्षतामा ३७ सदस्यीय नयाँ वडा कमिटि चयन गरिएको छ । वडा अधिवेशनमा नेकपा एमाले सचिवालय सदस्य भीम बिष्ट प्रमुख अतिथि रहेका थिए । यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ मा मदन अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि निर्वाचित भएको छ ।
एमाले जिल्ला कार्यबाहक अध्यक्ष नन्दसिंह कडायतको प्रमुख आथित्यतामा भएको अधिवेशनमा एमाले नेता बखत कडायत, सुरेन्द्र शाही, तारा कडायत लगायतले मन्तब्य राखेका थिए । कार्यबाहक अध्यक्ष कडायतले एमाले जनाताको पार्टी भएको भन्दै जनताको मायाले फेरी पनि राज्यको नेतृत्वमा पुग्ने दाबी गरे ।
मंगलसैन नगरपालिकाका हालसम्म ७ वडामा अधिवेशन सम्पनन भएको एमाले सचिवालय सदस्य भीम बहादुर रावलले बताए । आज वडा नम्बर ७ र १३ का वडा अधिवेशन भएका उनले बताए । नगरमा १५ गते नगर अधिवेशन गरिने उहाँको यसैगरी रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा रतन साउँदको ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।
वडा अधिवेशनमा प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटि सदस्य कमल तिमिल्सैना प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला सचिवालय सदस्य आदर्श साउँद, जिल्ला सदस्य भरत ऐडी, उमाकान्त खनाल, युवा नेता डिबि साउँद लगायतका अतिथिहरुले मन्तब्य राखेका थिए।
प्रतिक्रिया