अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
नेपाल सरकार संगको साझेदारीमा न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी गरी ४ पदमा विज्ञापन खुल्ला गरेको हो ।
अस्पतालले आफ्नो आदिकारिक वेभसाईट bamboohr र न्याय हेल्थ नेपालको पेज मार्फत कर्मचारी आवश्यक्ताको विज्ञापन खुल्ला गरेको छ ।
माग गरिएको पदमा फार्मेसी अधिकृत पदमा एक जना, एचए पदमा १ जना, स्टाफ नर्स पदमा एक जना र एम्बुलेन्स डाईभर एक जना रहेका छन् ।
फार्मेसी अधिकृत पदका लागि सम्बन्धीत बिषयमा स्नातक, एचए र स्टाफ नर्स पदमा सम्बन्धीत बिषयमा पिसिएल पास गरी १ बर्ष कार्य अनुभव र एम्बुलेन्स डाईभरको लागि एसएलसी वा एसइइ गरी लाईसेन्स प्राप्त गरेको ५ बर्ष पुरा भएको हुनुपर्ने छ ।
प्रतिक्रिया