मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएका छन्।सोमबार साँझ प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताएका छन् । 

शाहीको सरकार तीन वर्ष ८ महिनामा ढलेको हो । राजीनामा दिँदै शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा गरेका छन् । 

कांग्रेसबाट नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ । ४० सदस्यीय प्रदेश सभा हाल ५ सदस्यीय छ । सबैभन्दा ठूलो दल एमाले सभामुखसहित १६, माओवादी १३, कांग्रेस ६ र राप्रपाको १ सिट छ ।