मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेपत्ता भएको १४ दिनपछि बाँसको झाडीमा भेटियो कांग्रेस स्थानीय नेता तिमिल्सैनाको शव

बेपत्ता भएको १४ दिनपछि बाँसको झाडीमा भेटियो कांग्रेस स्थानीय नेता तिमिल्सैनाको शव

बेपत्ता भएको १६ दिनपछि बाँसको झाडीमा भेटियो कांग्रेस स्थानीय नेता तिमिल्सैनाको शव


शरिरमा निलडाम र टाउको फुटेकाले रेशमको हत्या नै भएको आफन्तको दाबी

प्रहरीले बेवास्ता गरेको परिवारको गुनासो, तस्बिर : पत्रकार नमराज भण्डारी

काठमाडौं- १६ दिनदेखि बेपत्ता भएका नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सदस्य रेशमराज तिमल्सेनाको शव फेला परेको छ। 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-१ घर भएका तिमिल्सेना गत असोज ३१ गते बेपत्ता भएका थिए। उनको शव अछामको कमलबजार-६ गैटाण बजार नजिकै बाँस र सिस्नो झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी तुलाराम अर्यालले जानकारी दिए। उनका अनुसार शव बाँसको झाडीमा फालिएको अवस्थामा दिउसो २ बजे भेटिएको हो। 

‘शव कुहिन थालेको अवस्थामा छ। शरीरमा लागेका चोटहरु देख्न नसकिने अवस्था बनेको छ,’ उनले भने। कात्तिक ६ गते आफन्तले उजुरी दिएपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको थियो। ‘९ दिनदेखि हामी खोजी रहेका थियौँ, त्यसैक्रममा जंगलमा दुर्गन्ध फैलिएको थाहा पाएपछि खोजी कार्य यही क्षेत्रमा केन्द्रित गरेका थियौँ। आज शव भेटियो, ’डीएसपी अर्यालले भने। 

कांग्रेसका स्थानीय नेता रेशमराजको हत्या नै भएको हुन सक्ने प्रहरीको अनुमान छ। ‘घटनाको प्रकृति हेर्दा हत्या भएजस्तो देखिन्छ, यद्यपि पोस्ट मार्टम रिपोर्टपछि थप कुरा थाहा हुनेछ, त्यसपछि हाम्रो अनुसन्धान पनि अघि बढ्ने छ,’ डिएसपी अर्यालले भने। 

उनको हत्या नै भएको दाबी सहित परिवार र आफन्तले कुकुरसहित नेपाल प्रहरीको दक्ष जनशक्तिबाट अनुसन्धान हुनुपर्ने माग गर्दै शव उठाउन मानेका छैनन् । घटनास्थल वरिपरी रहेका तीन वटा गाउँबाट ठुलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दा र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रहरीले अश्रु ग्याँस, लाठी चार्ज गर्नुका साथै हवाई फायर समेत गरेको पत्रकार नमराज भण्डारीले बताए । 

प्रहरीले उक्त घटनाको अनुसन्धानमा गम्भिरता नदेखाएको पीडित पक्षको आरोप छ । मृतकको शरिरभरी निलडाम र टाउको फुटेकाले हत्या नै भएको आफन्तको दाबी छ ।

घरबाट सामान्य कामले बजार निस्किएका रेशम असोज ३१ पछि परिवारसँग सम्पर्कविहीन भएका थिए। ‘तीन दिन बित्दासमेत फोन खबर नआएपछि हामी खोजी कार्यमा लागेका थियौँ,’ रेशमराजका दाजु वेदप्रकाश तिमल्सैनाले भने। प्रहरीसँगै कांग्रेसका स्थानीय कार्यकर्ता र सञ्चारकर्मीको टोलीले दिनहुँ रेशमराजको खोजी गर्दै आएको थियो।

आइतबार मात्रै जिल्ला स्थित संचारकर्मीको टोलि गैटाण पुगेर फर्किएको थियो। नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीको नेतृत्वमा १४ जना पत्रकारको टोलीले प्रहरी र आफन्त संग रेशमका बारेमा जानकारी लिएको थियो। तिमिल्सैनाको खोजीका लागि दबाब दिन संचारमाध्यम बाट समाचार प्रकाशन र प्रशारण गर्ने, प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गर्ने भएंको भोलि पल्ट शव भेटिएको हो।

भाइको खोजीमा निस्केका वेदप्रकाश  

मृतक रेशमराज नेपाली कांग्रेसको चौधौं महाअधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। उनी भुवनेश्वरी आधारभूत विद्यालय कुइकाको विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत हुन्। 

उनी बेपत्ता भएदेखि नै खोजीमा जुटेका वेदप्रकाश प्रहरीले खोजी र मा चासो नदेखाएको र पार्टीले समेत बेवास्ता गरेको आरोप लगाउँछन्। प्रहरी र पार्टीलाई पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेको उनले फेसबुकमा लेखेका छन्।