काठमाण्डाै – चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइका लागि आवश्यक कार्ड कात्तिक महिनाभित्रै आउने भएको छ ।
सरकारले डेढ वर्ष पहिले ठेक्का सम्झौता गरेको भएपनि अहिलेसम्म कार्ड ल्याउन सकेको थिएन । सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि समस्या हुँदै आएको थियो । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट र कार्ड अर्को कम्पनीबाट खरिद गर्दा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पछिल्लो पटकको परीक्षणमा समस्या नभएको पाइएकाले कार्ड छिटो ल्याउनका लागि कम्पनीसँग सम्पर्क भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताउनुभयो । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख कार्ड आउनुपर्ने विभागले जनाएको छ । यो महिनाभित्र १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने विभागको दावी छ ।
प्रतिक्रिया