मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर राष्ट्रिय आरोग्य तथा धन्वन्तरि जयन्ती दिवस मनाईंदै

आज देशभर राष्ट्रिय आरोग्य तथा धन्वन्तरि जयन्ती दिवस मनाईंदै


काठमाडौं- आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा मंगलबार देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको छ।

मंगलबार नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद चिकित्सक संघ लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाईदै छ।  धन्वन्तरि जयन्तीको अवसरमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले गरेको पत्रकार सम्मेलन गर्दै  यस दिवसका बारेमा जानकारी गराएका थिए। 

धन्वन्तरी विश्वकै प्राचीनतम चिकित्सापद्धति आयुर्वेदका प्रणेता हुन्। आयुर्वेदप्रेमीहरू स्वस्थ रहन र रोग निराकरण गर्न धन्वन्तरीलाई सम्झने गर्छन्। नेपालमा वि.सं. १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएपछि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। चिकित्सा विभागका प्रमुख बासुदेव उपाध्यायका अनुसार धन्वन्तरी जयन्तीकै दिनलाई ०५६ सालदेखि आयुर्वेदकर्मी तथा अनुसरणकर्ताले राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउँदै आएका छन्।

पछिल्लो समय नसर्ने रोग चिकित्साविज्ञानका लागि प्रमुख चुनौती बनेसँगै नेपाल र भारतमा मात्र नभएर समग्र विश्वमै योग तथा आयुर्वेदप्रति आकर्षण बढ्दै गएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताए।

नेपाल सरकार र सरोकारवाला पक्षहरूले नसर्ने रोगको रोकथाम र उपचारका निमित्त आयुर्वेद र अन्य उपचार पद्धितलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएको उनले बताएका छन्। 

उपाध्यायका अनुसार नागरिक आरोग्य कार्यक्रम २१८ स्थानमा सुरू भइसकेको र थप ८१ ठाउँमा लागू हुन लागेको छ।