काठमाडौं । काठमाडौंको आज बिहानको तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।
बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । सोही समयमा शनिबार बिहान काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस रहेको थियो ।
मौसमविद् मानन्धरका अनुसार आज गण्डकी प्रदेशका एकाध स्थानमा वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया