अछाम । नेपाली कांग्रेसका नेता टेक बहादुर कुवँरले आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । उनले १४ औँ महाधिबेशनका लागि महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका हुन् ।
अछाम जिल्लाको क्षेत्र नंं. १ बाट खुल्ला तर्फ महाधिबेशन प्रनिधिीमा उम्मेद्धारी घोषणा गरेको सुदूरआजलाई जानकारी दिए ।
क्षेत्र नं. १ का क्षेत्रिय प्रतिनिधीको साथ, सहयोग र मत पाए आफले कांग्रेस अछामलाई बलियो पार्टी बनाउन भुमिका खेल्ने बताएका छन् ।
युवाहरु लाई नेतृत्वमा पुर्याउन आफुले यसपटक जिल्ला देखि केन्द्र सम्म पहल गर्नका लागि महाधिबेशनमा उम्मेद्धारी दिएकाले साथ दिन कुवँरले आग्रह गरेका छन् ।
कांग्रेस अछामले मंसिर ३ गते प्रदेश सभा, ६ गते क्षेत्रिय र १० गते जिल्ला अधिबेशन गर्दैछ ।
प्रतिक्रिया