काठमाडौं- नेकपा एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि शनिबार देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ।
एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ। एमालेले देशभरबाट १ हजार ९ सय ९९ प्रतिनिधि छनोट गर्न लागेको हो।
आज छनोट हुने प्रतिनिधिले नै पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने छन्। एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गरेका छन्। शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताएका छन्।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले धेरै ठाउँमा सहमती मै महाधिवेशन प्रतिनिधिको छनोट हुने बताएका छन्। ‘धेरै ठाउँमा सहमतिमै प्रतिनिधि छानिनु हुन्छ। भए पनि केही ठाउँमा मात्रै चुनाव होला। अन्य तहमा पनि अधिकांश स्थानमा सहमतिमै निर्वाचन सम्पन्न भएको छ’, उनले भने।
प्रतिक्रिया