काठमाण्डाै – नेपाली कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन गर्दैछ ।
क्रियाशील सदस्यता वितरण विवादले यसअघि १३ जिल्लामा वडा अधिवेशन हुन सकेको थिएन । प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सासहित सुर्खेत, बाँके, कैलाली, डोल्पा र रसुवामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी रहेको थियो ।
१४ औं महाधिवेशन अन्तर्गत आज ती जिल्लामा वडा अधिवेशन सकिएपछि कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ । त्यस्तै मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन र मंसिर १० मा एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन गर्ने तालिका छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया