अछाम । कांग्रेस नेता राजेन्द्र खड्काले महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने क्षेत्रिय अधिबेशनमा केन्द्रिय महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा गरेका छन् ।
अछाम जिल्लाको क्षेत्र नंं. १ बाट खुल्ला तर्फ महाधिबेशन प्रतिनिधीको उम्मेद्धारी घोषणा गरेको सुदूरआजलाई जानकारी दिए ।
क्षेत्र नं. १ का क्षेत्रिय प्रतिनिधीको साथ, सहयोग र मत पाए आफले कांग्रेस अछामलाई बलियो पार्टी बनाउन भुमिका खेल्ने बताएका छन् ।
युवाहरु लाई नेतृत्वमा पुर्याउन आफुले यसपटक जिल्ला देखि केन्द्र सम्म पहल गर्नका लागि महाधिबेशनमा उम्मेद्धारी दिएकाले साथ दिन खड्काले आग्रह गरेका छन् ।
कांग्रेस क्षेत्र नं. १ बाट उनले सुदृढ कांग्रेसका लागि युवालाई स्थान भन्ने नाराका साथ आफु महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी दिने घोषणा गरे ।
बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका खड्का कांग्रेस अछामको जिल्ला सदस्य हुन् ।
कांग्रेस अछामले मंसिर ३ गते प्रदेश सभा, ६ गते क्षेत्रिय र १० गते जिल्ला अधिबेशन गर्दैछ ।
प्रतिक्रिया