अछाम । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितीको सचिव पदमा कृष्ण बहादुर बुढा चयन भएका छन् । प्रेस चौतारी केन्द्रिय समितीले बुढालाई प्रदेश सचिव पदको जिम्मेवारी दिएको हो ।
प्रेस चौतारी अछामका नेता तथा अछामको पहिलो तथा सामुायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक समेत रहेका बुढालाई प्रदेश सचिवको जिम्मेवारी दिईएको बताईएको छ ।
बुढा तत्कालिन नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा निकट प्रेस संगठन अछामको सहसंयोजक समेत भएका थिए । उनले त्यो संगठनमा रहदाँ काम गरेर मात्रै संगठन बलियो र निर्माण हुन्छ भन्ने छबि बनाएका थिए ।
बिगत २ दशक देखि पत्रकारीतामा संलग्न बुढाले रेडियो रामारोशनको माध्यमबाट समाज रुपान्तरण र विकासमा टेवा पुर्याउदै आएका छन् ।सुशासन र सामाजिक परिर्वतनका पक्षमा उनले सक्रिय भएर कााम गरेका छन् ।
प्रतिक्रिया