मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस युवा नेता थापाको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

कांग्रेस युवा नेता थापाको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा


अछाम । कांग्रेस युवा नेता बिनोद थापाले महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने क्षेत्रिय अधिबेशनमा आफुलाई केन्द्रिय महाधिबेशन प्रतिनिधीको रुपमा अघि सारेका हुन् ।

जन नायक बिपीले अंगीकार गरेको समाजवादको नितिलाई जनस्तर सम्म लागु गर्ने आफ्नो मुख्य एजेण्डाका साथ महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी रहेको नेता थापाको भनाई छ । कांग्रेसलाई दलित, जनजाति, उपेक्षित वर्ग, गरिब दुखीको खास पार्टी र जनताको दुखको साथ दिने पार्टी बनाउन आफ्नो उम्मेद्धारी रहेको थापाले उद्घोष गरे ।

बिपी, गणेशमान र किसुन जिका मुद्धा र उनले अंगालेको नितिलाई जनस्तरमा पुर्याउन आफ्नो उम्मेद्धारी रहेको उनले बताए । युवा पंक्तीलाई अघि सारेर नेृतत्व तहमा पुर्याउन समेत भुमिका खेल्ने उनको भनाई छ ।

पुरानालाई आदर र सम्मान, युवालाई सम्मान र स्थान भन्ने नाराका साथ आफुलाई महाधिबेशन प्रतिनिधीमा अघि सारेको थापाले बताए । उनि भन्छन् राजनिति भनेकै बिसुद्ध सेवा, म सेवा गर्नकै लागि यस क्षेत्रमा प्रबेश भएको हुँ, अछामी माटो, जनता, समाज र देशका लागि आफ्नै जन्म भुमिमा योगदान दिन अब क्रियाशिल हुनेछु ।

नेपालको विकास, परिवर्तनका लागि सामाजिक जागरण देखि सशस्त्र संर्घष देखि जनताको मुक्ती र प्रजातन्त्र स्थापना गर्ने कांगसको जगमा टेकेर सामाजिक न्याय र स्वतन्त्रता मार्फत समाज र जिल्लाको परिर्वतनमा लाग्ने थापाको भनाई छ ।

राष्ट्र, राष्ट्रियता र जनजीवीकाका सवालमा नेपाली कांग्रेसले बोकेको एजेण्डा नै मेरा एजेण्डा हुन् थापा भन्छन् पार्टीले लिएको निति, सिद्धान्त, बिचार र दृष्टिकोणलाई आफ्नो क्षमता र जिम्मेवारी अनुसार जनस्तर र तल्लोतह सम्म लैजाने मेरो प्राथमिक्ता हुनेछ ।

थापाको सामाजिक क्षेत्रमा सक्रियता ।

जनस्तरमा बलियो पकड भएका थापाले समाज रुपान्तरण र शुसासनका पक्षमा उल्लेख काम गरेका थिए । पत्रकारिता बिषयमा अछामबाट एमए गरेका थापाले जिल्लामा २ दशक पत्रकारीता गरेर जिल्लाको पत्रकारीताको जग निर्माण गर्दै रेडियो रामारोशनको स्थापना गर्न संस्थापक भएर महत्वपूर्ण योग्दान दिए ।

उनले जिल्लाको विकास निर्माण, सामाजिक परिर्वतन सरसफाई युक्त जिल्ला, खुल्ला दिशा मुक्त जिल्ला गराउन समेत योग्दान दिएका छन् भने कुसंस्कार, कुरिती, छाउपडी प्रथा, छुवाछुत प्रथाका बिरुद्ध समेत पत्रकारीताको माध्यमबाट उल्लेख काम गरेका थिए ।

समाज परिर्वतन, सुशासन, विकास निर्माणका पक्षमा र कुरिती, कुसंस्कारका बिरुद्धमा बुलन्द आवाज गर्दै सामाजिक क्षेत्रमा समेत उनले एक अमिट छाप बनाएका छन् ।