मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको उपसभापतीमा भिड्दै यूवा नेता भण्डारी

कांग्रेस अछामको उपसभापतीमा भिड्दै यूवा नेता भण्डारी


अछाम । नेपाली कांग्रेस अछामको उपसभापतीमा युवा नेता जनकराज भण्डारीले उम्मेद्धारी घोषणा गरेका छन् । पार्टीको १४ औँ महाधिबेशन अन्र्तगत हुने जिल्ला अधिबेशनमा उपसभापतीमा उम्मेद्धारी दिने भण्डारीले बताए ।

कांग्रेस अछामलाई रुपान्त्ररण र जुझारु संगठनका रुपमा अगाडी बढाउन परिपक्क युवा पुस्ताको खाँचो रहेको भन्दै आफुले उपसभापती पदमा उम्मेद्धारी दिने भण्डारीले उद्घोष गरे ।

अछाम जिल्लामा कांग्रेसलाई स्थापीत गर्न र पार्टी चलायमान बनाउन क्रियाशिल रहने भन्दै उम्मेद्धारी दिने भण्डारीले बताए । मंगलसेन नगरपालिका वडा नंं का निर्वाचित वडा अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा जनताले अनुभुती गर्ने गरी काम गरेको भन्दै अब पार्टीमा लागेर सोही तरिकाले काम गर्दे अघि बढ्ने बताए ।

कांग्रेसको सुबेच्छुक संस्था नेपाल प्रेस यूनियन अछामका पूर्व अध्यक्ष समेत रहेका भण्डारी नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको अध्यक्ष भएर पनि काम गरेका थिए ।

अछामी जनताको माया र साथ, सहयोग प्राप्त गरेमा नेता कार्यकर्ता र जनताले महसुस गर्ने गरी काम गर्न आफु प्रतिबद्ध रहेको उम्मेद्धार भण्डारीको भनाई छ ।

पत्रकारीताबाट राजनितिमा होमिएका भण्डारीको सक्रियता ।

दुई दशक बढी अछामी पत्रकारीता जगतमा क्रियाशिल भएर समाज परिर्वतन र सुशासनका पक्षमा वकालत गर्ने व्यक्तीको रुपमा परिचित जनकराज भण्डरी मंगलसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुन् । उनि जनस्तरमा बलियो पकड भएका युवा हुन् ।

संचार क्षेत्रमा सक्रिय रहेका बेला उनले समाज परिर्वतन र सुशासन, सामाजिक न्याय कायम गराउन खेलेको भुमिकाका कारण समुदायका हरेक नागरिकसंग उनी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निकट छन् । संचार माध्यम मार्फत उनले समग्र अछामको आवाजलाई बुलन्द पारेका थिए ।

तत्कालिन अवस्थामा अछाम जिल्लामा बिद्यमान रहेका छाउपडी प्रथा, छुवाछुत प्रथाको अन्त्य र खुल्ला दिशा मुक्त जिल्ला बनाउन भण्डारीले खेलेको भुमिका स्मरण गर्न लायक काम भएको स्थानिय बताउछन् ।

पत्रकारीतामा संलग्न रहेका बेला उनले संचार माध्यमको विकास गर्न संचारकर्मी तथा पत्रकार उत्पादन गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । रेडियो रामारोशन अछाममा संस्थापकका रपमा समेत उनले काम गरेका थिए भने सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश समिती उपाध्यक्ष भएर पनि भण्डारीले काम गरेका थिए ।

वडा अध्यक्ष हुदाँ जनताका काम संगै भण्डारी समाज सेवामा समेत सक्रिय रहेका छन् । उनले कोरोना कहरमा समेत सक्रिय भएर काम गरेका थिए ।