मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्साह, एकता र रुपान्तरणको नारालाइ सार्थक बनाउन सफल कांग्रेस क्षेत्र न. १ प्रदेश सभा क

उत्साह, एकता र रुपान्तरणको नारालाइ सार्थक बनाउन सफल कांग्रेस क्षेत्र न. १ प्रदेश सभा क


महेश खड्काको नेतृत्वमा सर्बसम्मत प्रदेश सभा चयन

अछाम : नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क को नेतृत्व चयन भएको छ । हिजोबाट सुरु भएको प्रदेश सभा अधिबेशनले आज टुंगो लगाएको हो ।

सर्वसम्मत रुपमा सभापती महेश खड्को नेतृत्वमा प्रदेश सभा समिती चयन भएको कांग्रेस अछामले जनाएको छ ।

लामो प्रयास पछि २ जना उम्मेद्धार रहेको प्रदेश सभामा लामो सयमको प्रयास पछि सर्वसम्मत रपमा नेतृत्व चयन गरिएको कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले बताए ।

प्रदेश सभाको उपसभापतीमा विमल कुँवर र धन्नाज भाट, सचिवमा बल बहादुर शाह र संगीत के सी, सहसचिव बिरेन्द्र कुवर र
देब बहादुर खड्का चयन भएका छन् ।

कांग्रेस अछाम क्षेत्र नं. १ को प्रदेश सभा खमा समेत सहमतीको प्रया जारी रहेको छ । क्षेत्र नं. २ मा भने चुनाव भएर मत परिणाम आउने क्रममा रहेको छ ।

कांग्रेस अछामको क्षेत्र नं. २ मा चुनाव भईरहेका बेला क्षेत्र नम्बर एकमा भने सहमतीमै नेतृत्व चयन हुने देखिएको छ । क्षेत्र नं. १ को प्रदेश सभा क सहमती, सहकार्य र एकताको सन्देश दिन सफल भएको छ । प्रदेश भित्रका नेताहरुको मेहनतले सहमती मै नेतृत्व चुन्न सफल भएका हुन् ।

यसपाली १४ औँ महाधिबेशनमा कांग्रेसले लिएको नारा कंग्रेसमा उत्साह, एकता र रुपान्तरणको नारालाई सार्थक बनाउन क्षेत्र नं. १ प्रदेश सभा क सफल भएको छ ।