अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ का प्रदेश सभा अधिबेशन सम्न्न भएका चछन् । निर्वाचन मार्फत शनिबार अधिबेशन सम्पन्न भएका हुन् ।
प्रदेश सभा क मा तारा प्रसाद खनालको समुह र प्रदेश सभा ख मा रविन्द्र बहादुर शाही नेतृत्वको समहुले विजयी हासिल गरेको छ ।
प्रदेश सभा क का सभापतीका उम्मेद्धार तारा प्रसाद खनालले २ सय ४४ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी कर्ण बहादुर बुढाले १ सय २४ मत प्राप्त गरे ।
यस्तै प्रदेश सभा ख मा सभापतीका उम्मेद्धार रविन्द्र बहादुर शाहीले २ सय ९१ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी पूर्ण बहादुर रावलले १ सय ४१ मत प्राप्त गरे ।
शाहीले १ सय ५० मतको अन्तर र खनालले १ सय २० मतको अन्तरले जित हासिल गरेका हुन्
दुबै प्रदेश सभा अधिबेशनमा सहमती हुन नसकेपछि निर्वाचन भएको थियो । क्षेत्र नं. १ को कमा सहमतीबाटै महेश खड्काको नेतृत्वमा सर्वसम्मत चयन भएको छ भने प्रदेश सभा ख मा पनि सहमतीको प्रयास भईरहेको कांग्रेस क्षेत्र नं. १ ले जनाएको छ ।
प्रदेश सभा अधिबेशन सकिएपछि अब मंसिर ६ गते प्रतिनिधी सभा क्षेत्रिय अधिबेशन हुदैँछ ।
प्रतिक्रिया