नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा भिड्ने भएका छन् । महाधिबेशन प्रतिनिधी पदको खुल्ला ७ जना भित्र उनले प्रतिष्पर्धा गर्न लागेका छन् ।
उमेरले ६ बर्षकै हुदाँ कांग्रेसको आमसभामा पहिलो पटक सहभागी भएका युवा नेता तिमिल्सैना कक्षा ४ मा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनिति यात्रा प्रारम्भ गरे । नेबिसंघको २०५२/५३ सालमा कमलबजारमा भएको क्षेत्रिय अधिबेशनमा सहभागी हुदैँ महेन्द्र हाई स्कल बाँकेको नेबिसंघ ईकाई सभापति भएर काम गरे ।
त्यसयता कांग्रेसको सुबेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध भएर करिब २ दशक सक्रिय पत्रकारीतामा लागेँ । काठमाण्डौँ, नेपालगञ्ज र अछाममा बसेर पत्रकारीता गरेका तिमिल्सैनाले अछाम जिल्लामा संस्थापकका रुपमा पहिलो पटक सामुदायिक रेडियो रामारोशनको स्थापना गर्न महत्वपूर्ण भुमिका खेले । दुई दशक बढी अछामी पत्रकारीता जगतमा क्रियाशिल भएर अछामको विकास, समाज परिर्वतन र सुशासनका पक्षमा वकालत गर्ने व्यक्तीको रुपमा तिमिल्सैना परिचित छन् ।
संचार क्षेत्रमा सक्रिय रहेका बेला उनले समाज परिर्वतन र सुशासन, सामाजिक न्याय कायम गराउन खेलेको भुमिकाका कारण उनि समुदायका हरेक नागरिकसंग निकट छन् । सुदूरपश्चिमको विकट अछाम जिल्लामा हरेक दृष्टीकोणले पछाडी परेका बेला संचार माध्यमबाट पटक पटक घच्घचाउदै विकासमा बामे सराउने काम देखि जिल्लामा बिद्यमान रहेका छाउपडी प्रथा, छुवाछुत प्रथाको अन्त्य र खुल्ला दिशा मुक्त जिल्ला बनाउन उनले महत्वपूर्ण भुमिका खेले ।
नेपाल पत्रकार महासंघ अछामको संस्थापक सहित २ कार्यकाल अध्यक्ष भएर अछामी संचार जगतको पूर्नजागरणमा योग्दान दिएका तिमिल्सैनालाई अछाममा संचार क्षेत्रको निर्माण, विकास रसंचारकर्मी तथा पत्रकार जन्माउने नेताका रुपमा व्यख्या गरिन्छ । झण्डै २ दशक अछाम र अछामी समाजका लागि पत्रकारीता गरेका तिमिल्सैना नेपाली कांग्रेसको १३ औँ महाधिबेशनबाट जिल्ला कार्य समिती सदस्यमा निर्वाचित भएर काम गरे ।
पार्टीमा देखिएको सक्रियता र पत्रकारीताको अनुभवले कांग्रेस अछामले उनलाई सहसचिव र प्रवक्ताको जिम्मेवारी प्रदान गर्यो । ५ बर्षे कार्यकालमा अछाममा कांग्रेसको सिपाँहीका रुपमा खटेर आफुले प्राप्त गरेको जिम्मेवारी सफल रुपमा निर्वाह गरेको दावी गर्दै यूवा नेता तिमिल्सैनाले १४ औँ महाधिबेशन अन्र्तगत क्षेत्रिय अधिबेशनमा आफुलाई महाधिबेशन प्रतिनिधीका रुपमा उभ्याएका छन् ।
पार्टीको निति, निर्देशन र वास्तवमा बीपी कोईरालाले कल्पना गरे जस्तो समाजबादको सिद्धान्तलाई जमिन स्तरबाटै कार्यान्वयन गर्नका लागि आफ्नो उम्मेद्धारी रहेको उनको भनाई छ ।
आफुलाई व्यावहारले नै बीपीबादी, कृष्णप्रसाद भट्टराई र गणेशमानको अनुयायी मान्ने तिमिल्सैना नेपाली कांग्रेस पार्टीलाई वास्तवमै अछामी जनताको पार्टी बनाउन र आगामी आम निर्वाचनमा जिताउन जुझारु पार्टी बनाउने खाका सहित गएको १३ आँै महाधिबेशन देखि सक्रिय राजनितिमा होमिएको उनि बताउछन् ।
पत्रकारीता गर्दा जे जे कम्जोरी देखिए, जे जे समस्या देखिए, जे जे अधुरा अपुरा काम रहे पत्रकारीता गर्दा उठान गरेका बिषयलाई राजनिति क्षेत्रले समाधान गर्ने भएका कारण समाजसेवा, अछाम र अछामी जनताको पक्षमा काम गर्ने एक मात्रै अभिप्रायह भएको उनले बताए ।
नेपाली कांग्रेस पार्टीमा युवाको प्रतिनिधित्व गराउदै पछिल्लो र पुरानो पुस्तामा पुल तथा संयोजनको रुपमा काम गर्ने र दुबै पुस्तालाई जोड्नेगरी कांग्रेको सिपाही भएर जीवनको बाकी समय राजनिति मार्फत समाजसेवामा सर्मपित गर्ने उनको प्रतिबद्धता छ ।
अछाममा संचारमाध्यमको विकास र पत्रकार जन्माउने नेता तिमिल्सैनाको उम्मेद्धारीलाई चाँसोको रुपमा हेरिएको छ । जनताका माझ्न निकै लोकप्रिय युवाको छबि बनाया नेता तिमिल्सिनालाई सबै नेता कार्यकताको साथ रहने आँकलन गरिएको छ।
प्रतिक्रिया