मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस युवा नेता बिनोद थापाद्धारा महाधिबेशन प्रतिनिधीको उम्मेद्धारी फिर्ता

कांग्रेस युवा नेता बिनोद थापाद्धारा महाधिबेशन प्रतिनिधीको उम्मेद्धारी फिर्ता

सुदूर आज

अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. २ बाट महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा गरेका कांग्रेस युवा नेता बिनोद थापाले उम्मेद्धारी फिर्ता लिएका छन् । उनले मनोनयन दर्ता गर्नु अघि आफुले घोषणा गरेको उम्मेद्धारी फिर्ता लिएको बताए ।

उनले कांग्रेस अछामको संगठलाई मजबुद बनाई आम निर्वाचनमा पहिलो पार्टी बनाउन सक्रिय भएर लाग्ने भन्दै उम्मेद्धारी घोषणा गरेका थिए । अग्रज नेताहरुको आग्रहमा यसपटक आफुले उम्मेद्धारी फिर्ता लिएको बताए ।

नेताहरुको भावनाको कदर गर्दै उनिहरुको सल्लाह र सम्मानमा उम्मेद्धारी फिर्ता लिएको उनले बताए । महाधिबेशनमा समेट्नुपर्ने थुप्रै नेताहरुको सम्मानका लागि आफुले उम्मेद्धारी फिर्ता लिएको भन्दै नेता थापाले समाज सेवा र का मगर्नका लागि पद नै हुनु पर्छ भन्ने नभएको भन्दै उम्मेद्धारी फिर्ता लिएको बताए ।

जुझारु, गतिशिल र प्रभावकारी संगठन निर्माणका लागि समुह मिलाउनु पर्ने भएका कारण सल्लाह अनुसार नै आफु पछि हटेको उनले बताए । आगामी दिनमा पार्टीले जे जस्तो भुमिका दिन्छ त्यही अनुसार अघि बढ्ने सोच बनाएको भन्दै नेता थापाले त्यहि अनुसार अघि बढ्ने बताए ।

निर्वाचन पछि पार्टीका हरेक नेता कार्यकर्ताले जित हारलाई सामान्य रुपमा लिनुपर्ने र आन्तरिक पार्टीको लडाईलाई भत्काएर एक भएर अघि बढ्नुपर्नेमा थापाको जोड छ । लोकतान्त्रीक अभ्यासलाई जित हारको रुपमा नलिई बिजेता र उपबिजेताको हिसाबले लिनुपर्ने उनले बताए ।

आम पार्टी प्रति सुबेच्छुक र कार्यकर्तालाई निराश नहुनेगरी काम गर्नुपर्ने थापाको भनाई छ । एक ढिक्का भएर आगामी आम निर्वाचनमा पार्टीलाई बिचार र नितिले स्थापित गराउन अर्थपूर्ण भुमिका निर्वाह गर्न उनले आग्रह गरेका छन् ।