अछाम । नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम सुुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष सरदसिंह भण्डारीले नेकपा माऔबादि केन्द्र देशकै ठुलो पार्टी हुने बताएका छन् ।
देशको आम परीवर्तन नेकपा माओबादी केन्द्रले गरेकाले भन्दै भण्डारीले अब हुने निर्बाचनमा जनताले माओबादीलाई रोज्ने बिचार ब्यतm गरे ।
२०६४ पछि अछाममा माओबादी कम्जोर भएको बताउदै उनले आगामि दिनमा संगठन बिस्तार गरी पहिलेकै अवस्थामा पुुर्याउने नया खाका तयार भएको उनको भनाई छ ।
नेकपा माओबादी केन्द्र नवनिर्बाचित कमलबजार नगर कमिटिले गरेको पत्रकार संम्बेलनमा नेता भण्डारीले नेकपा एमालेका अध्यक्ष केपि शर्मा वली सरकारमा हुदा सबै भन्दा बढी भ्रष्टचार मौलाएको उनले गिकिर गरे ।
तपाईको पार्टीको सरकार भएको सुुदुरपश्चिम प्रदेश सरकारले जथाभाबि योजना बितरण किन गरेको भन्ने पत्रकारको प्रश्नमा यसमा आफनो पार्टीले नियमन गर्न नसकेको स्वकार गरे ।
कमलबजार नगर कमिटिका नवर्निबाचित अध्यक्ष खडग भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्बेलनमा नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य बम बहादुर रावत, कमलबजार नगर इन्र्चा रण बहादुर बिष्ट लगाएतको सहभागिता रहेको थियो।
प्रतिक्रिया