अछाम । नेपाली कांग्रेस अछामका नेता समाजसेवी तथा परोपकारी व्यक्ती राजेन्द्र बहादुर शाह लोकप्रिय मतका साथ बिजयी भएका छन् । महाधिबेशन प्रतिनिधी खुल्ला पदमा शाह ३ सय ३८ मतका साथ बिजयी भएका हुन् ।
उनले १४ औँ महाधिबेशन अन्र्तगत अछाम क्षेत्र नं. १ का भएको प्रतिनिधी सभा क्षेत्रिय अधिबेशनमा खुलला पदमा महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी दिएका थिए ।
सामाजिक कार्यमा अग्रपंक्तीमा रहेका मनकारी नेता शाहले युवाहरुका सवालमा र समाजसेवामा सक्रिय भएर काम गर्ने उद्घोष गर्दै महाधिबेशन प्तिनिधीको प्रतिष्पर्धामा होमिएका थिए ।
साथै उनिले यसअघि जस्तै आगामी दिनमा पनि नेपाली कांग्रेस संगठन निर्माण, कार्यकर्तालाई सक्रिय बनाउन र समग्र अछाम जिल्ला जनताको सेवामा सर्मपित हुन क्रियाशिल रहने बताएका छन् ।
आम निर्वाचनमा कांग्रसलाई बिलयो पार्टी बनाई बिजयी गराउन संगठन निर्माण लगायतका क्षेत्रमा काम गर्ने उनको प्रतिबद्धता छ । जिल्लाका जनजिवीका र युवाहरु मुद्धालाई अगाडी बढाउन, रोजगारकिो सृजना गर्न र जनताका समस्यालाई समाधान गर्न आफु सक्रिय भएर लाग्ने उनको भनाई छ ।
जिल्लामा अप्ठेरो परेको, समस्यामा परेकाहरु हरेक नागरिकलाई साथ दिने समाजसेवी नेताको जितले आम कार्यकर्तामा समेत उत्साह छाएको छ । आगामी दिनमा समेत कांग्रेसका नेता कार्यकर्ताको मनोभावनालाई आत्मासाथ गर्दै आगामी दिनमा अघि बढ्ने पनि उनको भनाई छ ।
महाधिबेशन प्रतिनिधीको २५ जनाको लागि अछाम क्षेत्र नं. १ बाट ६० जना प्रतिष्पर्धामा थिए । ७ सय ६४ जना मतदाता रहेको क्षेत्र नं. १ मा ७ सय १४ जनाले मतदान गरेका थिए ।
गएको ६ गते भएको निर्वाचनमा खसेको मत भन्दा बढी मत पत्र भेटिएको भन्दै १३ गते पुन मतदान भएको मत परिणाम सार्वजनिक भएको हो ।
समाजसेवाको अग्रपंक्तीमा परोपकारी नेता शाह
समाजसेवामा मनकारी भावनाका कांग्रेश नेता हुन् राजेन्द्र बहादुर शाह अछामी जनता, युवा र उत्पिडित, उपेक्षित, गरिब, दिनदुखी तथा सम्रग अछामी जनताको पिर मर्कालाई सधैँ चाँसोका रुपमा लिने गर्दछन् ।
कोही पनि व्यक्तीलाई अप्ठेरो परेका बेला नेता शाहले साथ दिने गरेका छन्, ‘म आफु कामको शिलसिलामा जिल्ला बाहिर भएपनि मेरो मन मष्तिस्क अछामै हुन्छ नेता शाहले भने म आफु टाढा भएपनि अप्ठेरो परेका बेला जनताको साथमा छु’ । बेला बखत अछामका गाँउ ठाँउमा आएर समस्या बुझेर उनि समाधानका गर्न पछि पर्दैनन् ।
उनी अछाममा मात्रै नभई जिल्ला बाहिर तथा काठमाण्डौमा समेत अप्ठेरोमा परेका युवा, बिद्यार्थी र अन्य नागरिकलाई पनि सहयोग गर्दछन् । अछाममा केही बिपत्ती वा अप्ठेरो परे पहिलो नम्बरमा शाह सहयोगी बनेर आउछन् ।
उनी जिल्लाका युवाहरुलाई बिशेष जोड दिएर सहयोगी भुमिका निर्वाह गरिरहेका छन् । यस्तै असाह्य, गरिब, दिनदुखी जनताको लागि शाहले बिगत देखि नै सहयोग गर्दै आईरहेका छन् ।
अछाम जिल्लामा हुने बिभिन्न सामाजिक कार्यमा समेत शाहले सहयोग गर्दै आईरहेका छन् । यसअघि भएका साँफेबगर महत्सब, बैध्नाथ महत्सवमा समेत आर्थिक सहयोग गरेका थिए ।
नेता शाहले बिगत देखि नै १२ जना बालबालकालाई काठमाण्डौँमा पढाईका लागि सहयोग गरिरहेका छन् भने कोभिड १९ को संक्रमणका बेला जिल्लाका बिभिन्न स्वास्थ्य संस्था, प्रहरी प्रशासन, पत्रकार, सुरक्षाकर्मी र पालिकाले उनले उल्लेख सहयोग गरे ।
जिल्लामा औषधी अभाव भएका बेला पनि नेता शाहले काठमाण्डौँ बाट औषधी पठाएर सहयोग गरेका थिए । नेता शाहले आगामी दिनमा पनि परोपकारी कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।
आगामी शैक्षिक सत्र देखि अछाम क्षेत्र नं. १ का ६ देखि १२ बर्ष उमेर समुहका ५० जना गरिब जेहेन्दार बिद्यार्थीलाई पठनपाठनमा आर्थिक सहयोग गर्ने उद्घोष समेत गरेका छन् ।
प्रतिक्रिया