अछाम । नेपाल प्रहरीका पूर्व आईजिपी मोतिलाल बोहरा नेपाली कांग्रेस क्षेत्र नं. १ बाट महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।
खस आर्य तर्फबाट ४ जनाका लागि भएको मतदानमा तेश्रो मत ल्याएर उनी बिजयी भएका हुन् ।
बोहरा आफु उपस्थित नभई वारेसनामा मार्फत उम्मेद्धारी दिएका थिए ।
उनले ३ सय ४१ मत ल्याए बिजयी भएका हुन् । राजनिति मार्फत समाजसेवा गर्ने उद्देश्यका पूर्व आईजिपी बोहरा नेपाली कांग्रेस अछामको राजनितिमा होमिएका हुन् ।
जनसेवामा सर्मपित भएर लाग्ने तिव्र अभिलाषका साथ आफु महाधिबेशन प्रतिनिधी मार्फत राजिनितमा आउन चाहेको उनले यसअघि बताएका थिए ।
खस आर्य तर्फ सबैभन्दा बढी मत युवा नेता तपेन्द्र बहादुर खड्काले ल्याएका छन् । उनले ४ सय ९ मत प्राप्त गरेका छन् भने दोश्रोमा युवा नेता जयन्द्र बहादुर स्वाँरले ३ सय ६४ र चौथोमा १ सय ७९ मत ल्याएर हर्ष प्रसाद भट्ट बिजयी भएका छन् ।
प्रतिक्रिया