अछाम । नेपाली कांग्रेस अछामका नेता समाजसेवी तथा परोपकारी व्यक्ती कृष्ण कुवँर महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् । महाधिबेशन प्रतिनिधी खुल्ला तर्फबाट ३ सय ४१ मतका साथ बिजयी भएका हुन् ।
महाधिबेशन प्रतिनिधी खुल्ला तर्फ १० जनाका लागि २८ जनाको उम्मेद्धारीमा उनि ८ औँ नम्बरमा लोकप्रिय मतका साथ बिजयी भएका हुन् । उनले १४ औँ महाधिबेशन अन्र्तगत अछाम क्षेत्र नं. १ का भएको प्रतिनिधी सभा क्षेत्रिय अधिबेशनमा खुल्ला पदमा महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी दिएका थिए ।
सामाजिक कार्यमा अग्रपंक्तीमा रहेका मनकारी नेता कुवँरले युवाहरुका सवालमा र समाजसेवामा सक्रिय भएर काम गर्ने उद्घोष गर्दै महाधिबेशन प्रतिनिधीको प्रतिष्पर्धामा होमिएका थिए ।
साथै उनिले यसअघि जस्तै आगामी दिनमा पनि नेपाली कांग्रेस संगठन निर्माण, पार्टीलाई सक्रिय बनाउन र समग्र अछाम जिल्ला जनताको विकास स सेवामा सर्मपित हुन क्रियाशिल रहने बताएका छन् ।
आम निर्वाचनमा कांग्रसलाई बलियो पार्टी बनाई बिजयी गराउन संगठन निर्माण लगायतका क्षेत्रमा काम गर्ने उनको प्रतिबद्धता छ । जिल्लाका जनजिवीका र युवाहरु मुद्धालाई अगाडी बढाउन, रोजगारकिो सृजना गर्न र जनताका समस्यालाई समाधान गर्न आफु सक्रिय भएर लाग्ने उनको भनाई छ ।
जिल्लामा अप्ठेरो परेको, समस्यामा परेकाहरु हरेक नागरिकलाई साथ दिने समाजसेवी नेता कुवँरको जितले आम कार्यकर्तामा समेत उत्साह छाएको छ । आगामी दिनमा समेत कांग्रेसका नेता कार्यकर्ताको मनोभावनालाई आत्मासाथ गर्दै आगामी दिनमा अघि बढ्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया