मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बस दुर्घटना : २ जनाको ज्यान गयो, ३६ जना घाइते, ३ जना रेफर

अछाममा बस दुर्घटना : २ जनाको ज्यान गयो, ३६ जना घाइते, ३ जना रेफर


अछाम — अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्युु हुने दुवै जना मंगलसेन नगरपालिकाका हुन् । ५७ बर्षका टंक भण्डारी र २१ बर्षका एकेन्द्र थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सवार ३८ जना मध्ये ३६ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर भएका ३ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ।

रेफर गरिएका मध्ये मंगलसेन १३ का ३५ बर्सिया मान बहादुर धामी, मंगलसेन ८ का २६ बर्षिया जयन्द्र बिक र मंगलसेन ८ कै ३० बर्सिया टेक बहादुर बिक रहेका छन्।

बयालपाटा अस्पतालमा आएका ८ जना मध्ये २ जनालाई भर्ना गरिएको छ भने र बाँकी उपचार पछि घर फर्किएका उपचारमा संलग्न एचए लोकेन्द्र सापकोटाले जानकारी दिए।

घाइते २६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबै सामन्य अवस्थामा रहेकाले अस्पतालमै उपचार भैरहेको उपचारमा संलग्न एचए धर्म राज जैशिले बताए।

मंगलसेनबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ नम्बरको बस मंगलसेन नगरपालिका-४ मा दुर्घटना भएको हो ।

मृत्यु भएका थापा रोजगारीका लागि विदेश जान उनी घरबाट बिदा भएर निस्केको उनका आफन्तले बताएका छन् । बसमा धेरैजसो कामको खोजीमा जान थालेका परिवार र अध्ययनका लागि काठमाडौं लगायतका सहरमा जान लागेका विद्यार्थी रहेको जिल्ला अस्पताल मंगलसेनमा उपचाररत घाइते मंगलसेन नगरपालिका ३ की २४ वर्षीया सिर्जना साउदले बताइन् ।

मंगलसेनबाट चढेको बस १५ मिनेट नबित्दै दुर्घटना भएको उनको भनाइ छ ।‘

घाइतेको बयलपाटा अस्पतालमा उपचार हुँदै।