कैलालीमा एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन् । प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका गौतम विकले सालीमाथि कुटपिट गरेका हुन् ।
३० वर्षीय विकले २० वर्षीया साली मनसरा विकमाथि कुटपिट गरी घाइते बनाएका र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि हातपात गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
सालीमाथि हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएको उनले बताए ।
प्रतिक्रिया