अछाम । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको समहमन्त्रीमा कांग्रेस अछामका नेतृ अम्बिका चलाउनेको नाम फाईनल भएको छ ।
संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीर बहादुर बलायरको नेतृत्वमा चलाउनेको नाम फाईनल भएको हो।
कांग्रेस अछामका नेतृ नेविसंघ केन्द्रका पूर्व सह महामन्त्री तथा चलाउने पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख रहेकी चलाउनेलाई संस्थापन पक्षले सह महामन्त्री उम्मेवार बनाएको हो ।
अछाम बाट महाधिबशन प्रतिनीधीमा सर्वाधिक मत ल्याएर विजयी भएकी चलाउने निवर्तमान महासमिति सदस्य पनि हुन् ।
अम्बिका चलाउने उर्फ संघर्षको एक कथा
सुदुर अछामको कर्णाली किनारको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान आफ्नो राजनीतिक यात्रा सुरु गरेकी चलाउने १८ वर्षकै उमरमा स्वबियु सभापती बनेकी थिइन् ।
जिवनमा संघर्षको यात्राबाट सफलताको शिखरमा पुग्नेहरु धेरै कम हुन्छ अझ महिला हरु झनै कम छन । ती धेरै कम मध्येकी एक नेता हुन अम्बिका चलाउने ।
अछाम बाट पार्टीको तीन पटक महाधिवेशन तथा महासमिति सदस्यमा सर्वाधिक लोक प्रिय मत ल्याएर विजय भएकी चलाउने पन्चदेवल विनायक नगरपालिका कि उपप्रमुख पनि हुन ।
नेविसंघको केन्द्रीय सह- महामन्त्री भइ काम गरि सकेकी चलाउने तत्कालीन बेलामा नेविसंघको केन्द्रीय अध्यक्ष बन्ने नाममा निकै चर्चाको नाम पनि हो।
चलाउनेले सिङ्गो सुदुर पश्चिमको महिला आन्दोलन र पाटी संगठन लाइ गौरवमय बनाउने नेता कार्यकर्ताले विश्वास गरेका छन् । उहाँको उनको उम्मेदवारीले कमजोर धरातलमा रहेको महिला नेतृत्वलाई एउटा उर्जाको साहस मिलेको छ ।
आशा लाग्दो नेतृत्व र बलियो पाटी निर्माणका लागि नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेशको सह महामन्त्री पदमा नेतृ अम्बिका चलाउनेको उमेद्वारी लाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
थुुप्रै संघर्षका कथा संग जोडिएकी उनलाई नेपाली कांग्रेसको प्रथम सुदुर पश्चिम प्रदेशको अधिवेशनबाट कांग्रेस पार्टीको सह महामन्त्रीको उम्मेदवार संस्थापन पक्षले बनाएको छ ।
कांग्रेस अछाम बाट एउटा फरक ईतिहास रच्ने अवसर नेतृ अम्बिका चलाउनेलाई मिलेको छ ।
प्रतिक्रिया