मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेबसाइट र्‍याङ्किङ गर्ने ‘एलेक्सा’ बन्द हुँदै

वेबसाइट र्‍याङ्किङ गर्ने ‘एलेक्सा’ बन्द हुँदै


वेबसाइट र्‍या‌ङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्‍यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्‍याङ्किङ मापन गर्ने गर्छ । नेपालमा पनि यो साइट हेरेर आफ्नो साइटको र्‍यांक हेर्ने गरेका छन् । 

एलेक्साले कुनैपनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो । कम्पनीका अनुसार सन् २०२२ को मे महिनाबाट यो पूर्णरूपमा बन्द हुने जनाएको छ ।

‘हामीले एलेक्सा आजभन्दा २५ वर्षअघि सुरुवात गरेका थियौ, दुई दशकभन्दा बढी तपाईंहरूलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो । यो आउँदो मे १ तारिखबाट पूर्णरूपमा बन्द हुनेछ ।’ अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।