मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘ओमिक्रोन’ भेरियन्ट विश्वका सबैजसो देशमा पुगेको हुन सक्छ : डब्ल्यूएचओ प्रमुख

‘ओमिक्रोन’ भेरियन्ट विश्वका सबैजसो देशमा पुगेको हुन सक्छ : डब्ल्यूएचओ प्रमुख


काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन विश्वका धेरैजसो देशमा पुगिसकेको हुन सक्ने बताएको छ । अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

ओमिक्रोन निकै उत्परिवर्तित भेरियन्ट भएकाले तीव्र गतिमा फैलिरहेको र अरू धेरै देशमा पनि पुगेकाे हुन सक्ने डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । उहाँले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।

ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको भन्दै उहाँले ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसले कमजोर स्वास्थ्य प्रणालीका लागि चाप बन्न सक्ने बताउनुभयो ।

ओमिक्रोन भेरिएन्ट  सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यससँगै कैयौँ देशले दक्षिण अफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङ्क्रमण फैलन रोकिएको छैन ।