मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन न. पा. मा चालु आ.व. को चौथो कार्यपालिका बैठक सम्पन्न

मंगलसेन न. पा. मा चालु आ.व. को चौथो कार्यपालिका बैठक सम्पन्न


उपभोक्ता समिति दर्ता गर्ने देखी विद्यालय प्र.अ. र लेखापालको सेवासुविधा थप्ने सम्मका निर्णय पारित

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाको चालु आर्थिक वर्ष २०७८/०७९ को चौथो कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको बैठकले चालु आर्थिक वर्षको प्रथम चौमासिक समिक्षा गरिनुका साथै विभिन्न निर्णय गरेको हो ।

बैठकमा नगरपालिकाको समग्रमा १६ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरिएको थियो भने प्रत्येक शाखागत रुपमा चौमासिक प्रगति विवरणबारे जानकारी सहित समिक्षा गरिएको थियो । यस्तै बैठकले मलेप को ५८ औं प्रतिवेदन कार्यान्वयन गर्ने र सो का लागि सम्पूर्ण उपभोक्ता समितिलाई विधानतः दर्ता गरेर मात्र चालु आर्थिक वर्षका योजना कार्यान्वयन गर्ने, चित्रेमा भएको बालुवा उपयोग गर्न वातावरणिय प्रभाव मुल्याँकन गरि सो क्षेत्रमा सडक विस्तार गर्ने निर्णय गरेको छ ।

यसैगरि कोभिड खोप अभियान सफल पार्न खोपलाई सेवा प्रवाह संग जोडेर सबैले सहयोग गर्ने, समपुरक र विशेष योजना छनोट गरि राष्ट्रिय योजना आयोगमा पठाउने, ४० जना बाढी पिडित र २ जना वस दुर्घटनामा मृतकका परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए । उनका अनुसार कार्यपालिका बैठकले सहकारी संचालन सम्वन्धि २ वटा कार्यविधि, एक नियमावलि र एक नीति पारित गरिएको छ ।

कार्यपालिका बैठकले शैक्षीक क्षेत्रको सुधारका लागि विद्यालयका प्रधानाध्यापकहरुलाई थप जिम्मेवार बनाँउन जनही ५ सयका दरले थप भत्ता उपलब्ध गराँउने, विद्यालयका कर्मचारी लेखापाललाई जनही ३ हजारका दरले थप सेवा सुविधा उपलब्ध गराँउने तथा विद्यालयमा सट्टा शिक्षक राखेर अनुपस्थित हुने शिक्षकलाई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउँने निर्णय गरिएको छ ।

बैठकमा नगर उपप्रमुख सरिता उपाध्याय, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले जानकारी दिए ।