नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्छु, राम्रो काम गरेर सोच्न बाध्य बनाउनेछौँ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी पहिलेजस्तो बेथितिले चल्न नदिने बताएका छन् । काठमाडौंमा बुधबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चारवर्षे हो । चारवर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिष्पर्धाबाट विजयी हुनुभएको हो ।
जसरी पहिलो कार्यकाल साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।” उनले आफू पराजित भएपनि यसलाई स्वाभाविक भएको पनि बताए ।
“निर्वाचन भएपछि कोही जित्छ कोही हार्छ । मैले यसलाई स्वाभाविकरुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्यो, किन गर्यो भन्ने चिन्ता पनि छैन,” उनले भने, “अब गाउँघरमा बस्दा ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ ।
म निरन्तर तपाईंहरुको घर दैलोमा पुग्नेछु । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्नेछौँ । भागबण्डा र गुटबन्दीमा लाग्दैनौँ । हामीले हाम्रो काम गर्दै जानेछौँ । उहाँहरुलाई राम्रो काम गरेर सोच्न बाध्य बनाउछौँ ।”
प्रतिक्रिया