काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणाम आउने क्रम जारी छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्रीको मतपरिणामपछि आज तीन सहमहामन्त्रीको मतपरिणाम निर्वाचन समितिले घोषणा गरेकाे छ ।
निर्वाचन समितिका अनुसार आज कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । दलिततर्फ शेखर कोइराला समूहका जीवन परियार विजयी भएका छन् । आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
कसको कति मत?
| उमेदवारका नाम | प्राप्त मत |
| महालक्ष्मी उपाध्याय | २५३३ |
| कमला पन्त | २१०५ |
दलिततर्फ
| उमेदवारका नाम | प्राप्त मत |
| जीवन परियार | २२१२ |
| मानबहादुर विश्वकर्मा | २१७५ |
| गंगा सुनार | २३२ |
आदिवासी जनजातितर्फ
| उमेदवारका नाम | प्राप्त मत |
| भीष्मराज आङ्देम्बे | २७११ |
| विकास लामा | १९१२ |




















प्रतिक्रिया