काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । परियारले नेपाल विद्यार्थी संघबाट २०४६ सालदेखि राजनीति सुरू गरेका हुन् ।
उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरे पनि २५ वर्षभन्दा बढी समय नेपाल दलित संघमा रहेर काम गरे । नेपाली कांग्रेसको समहामन्त्रीमा आज निर्वाचित भएका हुन् ।
उनले अर्का उमेदवार मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सहमहामन्त्रीमा नवनिर्वाचित परियारले कानूनमा स्नातक र राजनीतिकशास्त्रमा स्नातक गरेका छन् ।
क्र.सं | वि.सं | जिम्मेवारी |
1 | 2046 | विद्यार्थी संघमा आवद्धता/पछि विभिन्न भूमिकामा रहेर काम गरेकाे |
2 | 2055 | सचिव-नेपाल दलित संघ कास्की |
3 | 2058 | केन्द्रीय प्रचार सचिव-नेपाल दलित संघ |
4 | 2060 | केन्द्रीय सचिव-नेपाल दलित संघ |
5 | 2062 | नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधि |
6 | 2064 | केन्द्रीय महासचिव- नेपाल दलित संघ |
7 | 2067 | नेपाली कांग्रेस महासमिति सदस्य/केन्द्रीय सदस्य |
8 | 2070 | संविधानसभा सदस्य |
9 | 2072 | नेपाली कांग्रेस निर्वाचित केन्द्रीय सदस्य |
10 | 2074 | प्रदेससभा सभा सदस्य उमेदवार |
11 | 2078 | नेपाली कांग्रेस निर्वाचित सहमहामन्त्री |
प्रतिक्रिया