मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी


काठमाण्डाै – युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ ।

ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो ।

यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

महामारी अगाडि नै देशहरुलाई आफ्नो क्षमता बढाउन र आवश्यक सावधानी अपनाउन साथै महामारी नियन्त्रणका लागि आवश्यक प्रयास थाल्न ढिला गर्न नहुनेमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले जोड दिनुभएको छ ।