अछाम । वाक नेपाल एचआईभी टिबी कार्यक्रमको संयूक्त अनुगमन डोटीमा सम्पन्न भएको छ । वाक नेपालले डोटी जिल्लामा संचालन गरिरहेको एचआईभी टिबी कार्यक्रम अन्तरगत घुम्ति शिविर तथा समुदायको अगुवाईमा घर भेट मार्फत गरिने एचआईभी रगत परिक्षण र टिबी स्क्रिनिङको संयूक्त अनुगमन गरिएको हो ।
वाक नेपालका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको संयूक्त अनुगमन कार्यक्रमका प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी रहेकी थिईन् । प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख मलासीले समुदाय र जनताको हितमा हुने काममा आफु जहिले पनि दृढ रहने गरेको र वाक नेपालले गरेको काम सह्रानिय र गरिब निमुखा जनताको हितमा रहेकोले आफ्नो सक्दो सहयोग रहने बताईन् ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धब सिं ठगुन्नाले सरकारको ध्यान पुग्न नसकेका दुर दराज र विकटका गाउँ बस्तिहरुमा वाक नेपालले सेवा प्रवाह गरिरहेको र वाक नेपालले संचालन गर्ने हरेक क्रियाकलापहरुमा हातेमालो गरेर अगाडी बढन तयार रहेको बताए ।
कार्यक्रमको उदेश्यको बारेका कार्यक्रम संयोजक कविराज जोशीले प्रस्ट पारेका थिए ।
अनुगमन टोलिमा स्वास्थ्य कार्यालय डोटीका प्रमुख ठगुन्ना सहित दिपायल सिलगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर भण्डारी, वाक नेपालका कार्यक्रम व्यवस्थापक चेत राज जोशी, कार्यक्रम संयोजक कविराज जोशी, प्रशासन तथा लेखा अधिकृत कृति कुमार खडका, कार्यक्रम अधिकृत बसन्त कु्ँवर, प्रयोग शाला सहायक कृष्ण परियार, दिपायल सिलगढी नगरपालिकाका वडा नं. १ तिखा स्वस्थ्य चौकीका कर्मचारी, वाक नेपालका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
तिखा स्वस्थ्य चौकीका प्रमुख तेज बहादुर खडकाले स्वागत गरेको कार्यक्रमको संचालन सोही स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गंगा कुँवरले गरेका वाक नेपालका प्रशासन तथा लेखा अधिकृत कृति कुमार खडकाले जानकारी दिए ।
प्रतिक्रिया