‘यमराज कुवरद्धारा लिखित पुस्तकको साँफेबगरमा बिमोचन,
अछाम : खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो ।
साफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर निबासी यमराज कुवरद्धारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ ।
पर्यटक सुचना केन्द्र साफेबगरका अध्यक्ष ढकेन्द्र कुवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुल बहादुर कुवर रहेका थिए । कार्यक्रममका पुस्तकका लेखक यमराज कुवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठुलो योगदान गरेपनि उहाको योगदानको कदर हुने खालको सुदुरपश्चीमका कुनै पनि कार्यक्रम हुन नसकेको बताए ।
खप्तड बाबाका बारेमा अनेकौ प्रश्न र जिज्ञासाहरु रहेकाल् केहि हदसम्म यो पुस्तकले मेटाउने बताए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कँुवरले खप्तड बाबाको सम्झनामा अहिलेसम्म कुनै पनि बिचार गोष्ठी र श्रद्धाञ्जली सभाको समेत आयोजन ागर्न नसक्नु दुखद भएको बताए ।
उनले खप्तड बाबाबो प्रेरक भनाईहरु सबैले अनुसरण गर्न आवश्यक रहेको बताए । उनले खप्तड बाबा प्रति धेरै भ्रमहरु रहेकाले यस बारेमा अझै धेरै अध्ययन अनुन्धान हुन जरुरी रहेको बताए ।
धार्मिक हिसाबले हामी अगाडी भएपनि यसको व्यावहारिक प्रयोग कम भएको भन्दै प्रमुख अथिति कुवँरले सबले धार्मिक ज्ञान राख्नुपर्नेमा कुवँरको जोड छ । पुस्तकले पर्यटक विकासमा समेत टेवा पुग्ने बिश्वास लिएका छन् ।
सुदूरपश्चिमका लागि प्रमुख आर्कषणको केन्द्र खप्तड बाबा लगायतका क्षेत्रको संरक्षण गर्नमा सबै लाग्नुपर्नेमा समेत उनको जोड थियो ।
लेखकले यसअघि २ पुस्तक लेखेका छन्। पहिलो २०६४ सालमा संबिधान सभा र सुदुरपश्चिमको संकट र दोश्रो अछाम खप्तड पर्यटन सम्भावना २०६९ प्रकाशित गरेका छन्। खप्तड बाबा प्रेरक सन्यासी पुस्तक उनको तेश्रो कृति हो।
कार्यक्रममा एकिकृत समाजबादी प्रदेश कमीटी सदस्य शिलोज कुवर,नेपाली काग्रेसका नगर सचिब सुदर्शनराज शर्मा,नेकपा एमालेका जिल्ला कमीटी सचिवालय सदस्य प्रकाश शाह,नेकपा माओवादीका जिल्ला कमीटी सचिवालय सदस्य सुरत भुल,वडाध्यक्ष प्रकाश राना,कार्यपालिका सदस्य जित बहादुर निशानी,जयन्ती बोगटी,बैद्यनाथ बेद बिद्याआश्रमका अध्यक्ष डण्डिराज जोशी,त्रिपुरा सुन्दरी क्याम्पसका टिका तिवारी,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गीता कुवर,नगर स्तरिय युवा सजालका अध्यक्ष पुजा लगायतले शुभकामना मन्तव्य राख्दै पुस्तक बिमोचनसंगै सुदुरपश्चीमकै ऐतिहासिक एउटा सम्पत्ति जोडिएको बताएका छन् ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन शाखाका शकर थापाले गरेका थिए।
प्रतिक्रिया