मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपान्तरणका लागि बचत समुह गठन सम्बन्धी पालिकास्तरीय समन्वयात्मक बैठक कमलबजारमा सम्पन्न

रुपान्तरणका लागि बचत समुह गठन सम्बन्धी पालिकास्तरीय समन्वयात्मक बैठक कमलबजारमा सम्पन्न


अछाम : रुपान्तरणका लागि बचत समुह गठन सम्बन्धी पालिकास्तरीय समन्वयात्मक बैठक कमलबजारमा सम्पन्न भएको छ । बैठकले कमलबजार नगरपालिका अन्तरगतका वडा न. २ बजुडा ,वडा न. ४ चाल्सा,र वडा न. ५ कुईका का बिभिन्न टोलहरुमा बचत समुह गठन गर्ने निर्णय गरेको छ ।

वडा न. २ बजुडाको मेलाटोल र पारीगडा वडा न. ४ चाल्साको सुनपिपल, माथिल्लो ठाना र मेलडाडा , वडा न. ५ कुईकाको बुकाने र नाडतोला टोलमा समुह गठन गरीने बताइएको छ । वाक नेपालको आयोजनामा भएको बैठकको अध्यक्षता कमलबजार नगरपालिका कार्यवाहक नगर प्रमुख भिम बिष्टले गरेका थिए ।

वल्र्ड भिजन र वाक नेपालको साझेदारीमा उत्थानसिल जिबिकोर्पाजन तथा पोषण परीयोजना अन्तरगको उक्त कार्यक्रमले दलित टोल, बिपन्न गरीब परीवारका सदस्य हरुलाई आय–आर्जन र सिपमुलक तालिमको ब्यबस्था गरी बचत गर्ने बानि बसाल्ने लक्ष्य लिएको सहभागिलाई जानकारी गराइएको थियो ।

कार्यक्रमले बचत समुह गठन गरी ४४ हप्ता सम्म समुहका सदस्य हरुलाइ बचत गर्ने बानि बसाल्ने जानकारी गराइएको छ । उक्त बैठकमा सहभागिहरुले दलित बिपन्न र गरीब परीवारलाई आयआर्जनका गतिबिधि गरे मात्र बचत गर्न सक्ने धारणा राखेका थिए ।

वल्र्ड भिजन र वाक नेपालको साझेदारीमा उत्थानसिल जिबिकोर्पाजन तथा पोषण परीयोजना अधिकृत धिरज ढुंगानाले सहजिकरण गरेका बैठकमा कमलबजार नगरपालिका अन्तरगत बिभिन्न वडाका वडा अध्यक्ष हरु, नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, सामाजिक परिचालक खकेन्द्र बडुुवाल र डमर रावल, बिभिन्न बिषयगत साखाका प्रमुख एबम प्रतिनिधिहरु, पत्रकार र सरोकारवाला हरुको सहभागिता रहेको थियो ।