मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इसाई धर्मावलम्बिहरुले साँफेबगरमा मनाए सामुहिक कृष्मस डे

इसाई धर्मावलम्बिहरुले साँफेबगरमा मनाए सामुहिक कृष्मस डे


अछाम : इसाई धर्मालम्बिहरुले सनिवार साँफेबगरमा सामुहिक कृष्मस डे मनाएका छन | इसाई धर्मका परमेश्वर जिसस् कराइस्टको जन्मदिनको सम्झनामा यो दिवस हरेक बर्सको पुस 10 अर्थात् डिसेम्बर 25 मा मनाइन्छ |

अछाम जिल्लाका बिभिन्न समाजमा बसोबास गर्ने हरेक धर्म प्रति आस्था राख्ने महानुभाबहरुको उपस्थितिमा साँफेबगर स्थित चर्चमा केक काटी दिवस मनाइयको हो | यस क्षेत्रका हिन्दु, इसाई, मुस्लिम र सन्त निरंकारी मिसनका धर्म गुरु र आस्थावनहरुको उपस्थिति रहेको थियो |

शसक्तिकरणका क्षेत्रमा युवाहरु (यस नेपाल ) द्वारा संचालित शान्तिका लागि अन्तर धार्मिक कार्यक्रमले समाजमा रहेका हरेक धर्मका महानुभाबले मनाउने चाडवाड र दिवस मनाउने गरेको छ |

यस भन्दा पहिले हिन्दुहरुको दसैँ मनाइयको थियो भने अब आउने मुस्लिम समुदायको ईद र बुद्ध धर्मालम्बीहरुको बुद्ध जयन्ति मनाउने कार्यक्रम रहेको संस्थाका कार्यकारी प्रमुख दिपिका बोहराले जानकारी दिए |

कार्यक्रम ब्रेड फर द वर्ड को आर्थिक सहयोग र अन्तर धार्मिक शान्ति महासंघको साझेदारी तथा ससक्तिकरणका क्षेत्रमा युवाहरु (यस नेपाल )को आयोजनामा सम्पन्न भएको हो |

शसक्तिकरणका क्षेत्रमा युवाहरु (यस नेपाल) का सदस्य ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको दिवसमा सम्भु मिया, खम्म कुँवर, बल बहादुर केसी लगायतले शुभकामना व्यक्त गरे |