मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. जितु उपाध्यायलाई उत्कृष्ट युवा पुरुस्कार

डा. जितु उपाध्यायलाई उत्कृष्ट युवा पुरुस्कार


काठमाण्डौँ । युवा डाक्टर जितु उपाध्यायलाई उत्कृष्ट युवा पुरुस्कार २०२१ प्राप्त भएको छ । नेपाल जेसिजले डा. उपाध्यायलाई सन् २०२१ को उत्कृष्ट युवा घोषित गर्दै पुरुस्कार प्रदान गरेको हो ।

उनलाई नेपाल जेसिजको पोखरामा भईरहेको ४८ औँ राष्टिय महाधिबेशनमा उत्कृष्ट युवा पुरुस्कार २०२१ ले सम्मान गरिएको नेपाल जेसिजका राष्टिय अध्यक्ष जेसिआई सिनेटर अरुणेश्वर खनालले सुदूरआजलाई जानकारी दिए ।

युवाका क्षेत्रमा डा. उपाध्यायले विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै उत्कृष्ट काम गरेको भन्दै उनलाई पुरुस्कार प्रदान गरिएको नेपाल जेसिजका राष्टिय महासचिव जेसिआई सिनेटर बिकास मानन्धरले बताए ।

नेपाल जेसिज उत्कृष्ट युवा छनोट समिती २०२१ ले उनलाई छनोट गर्दै नगद तथा स्वर्ण पदकले डा. उपाध्यायलाई पुरस्कृत गरेको हो ।