अछाम : शसक्तिकरणका क्षेत्रमा युवाहरु (एस नेपाल ) द्वारा संचालित शान्तिका लागि अन्तर धार्मिक कार्यक्रमले आइतबार साँफेबगरमा सरोकारवालाका बिचमा सामाजिक लेखा परिक्षण गरेको छ |
कार्यक्रमले साउन देखि अहिले सम्म समुदाय गरेका क्रियाकलापमा भएको आय व्यय विवरण शिर्षक सहित सरोकारवालाका बीच राखी सामाजिक परिक्षण गरेको हो |
हाम्रो संस्थाबाट संचालन हुने हरेक गतिबिधिको यसरी नै सरोकारवालाका बिचमा छलफल गरि सामाजिक परिक्षण गर्ने गरेका छौ संस्थाका कार्यकारी प्रमुख दिपिका बोहराले जानकारी दिए |
उनले भने यसले पारदर्सिता पनि भयो र सरोकारवाला हरुले पूर्ण रुपमा जानकारी पनि पाए | सामाजिक परिक्षणमा साउन देखि अहिले सम्म खर्च भएको 9 लाख बजेटको बारेमा जानकारी दिइएको थियो |
कार्यक्रम ब्रेड फर द वर्ड को आर्थिक सहयोग र अन्तर धार्मिक शान्ति महासंघको साझेदारी तथा ससक्तिकरणका क्षेत्रमा युवाहरु (एस नेपाल) को आयोजनामा सम्पन्न भएको हो |
शसक्तिकरणका क्षेत्रमा युवाहरु (एस नेपाल) का सदस्य ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको सामाजिक परिक्षणमा सम्भु मिया, खम्म कुँवर, बल बहादुर केसी लगायतले शुभकामना व्यक्त गरेका थिए |
प्रतिक्रिया