मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउन सहयोग गर्ने सरोकारवालाको प्रतिबद्धता

अछाम बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउन सहयोग गर्ने सरोकारवालाको प्रतिबद्धता


टेक बहादुर थापा, अछाम : जिल्लाको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउनको लागी आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । क्याम्पसले पछिल्लो समयमा शैक्षिक तथा भौतिक रुपमा निकै प्रगति गरिरहेकाले यस क्याम्पसलाई आगामी दिनमा नमुना क्याम्पस बनाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

अछाम बहुमुखि क्याम्पसको ३० औ बार्षिकोत्सव समारोहमा सहभागि जिल्लाका सरोकारवालाले सदरमुकाम मंगलसेनमा रहेको क्याम्पसले अन्य पालिकाको नेतृत्व गर्दै हरेक हिसाबले नमुना बन्नुपर्ने र त्यसका लागि सरोकारवालाले सहयोग गर्नुपर्ने बताएका छन । क्याम्पस संञ्चालक समिती र सरोकारवालाको महत्वपूर्ण सहयोगामा क्याम्पसले भौतिक रुपमा निकै फट्को मारेको क्याम्पसले अब प्राविधिक क्याम्पसको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

अछाम बहुमुखी क्याम्पस संञ्चालक समितीले नमुना काम गरेको सहभागि सरोकारवालाले बताएका छन । भौतिक रुपमा सम्पन्न भईसकेपछि अब गुणस्तरलाईपनि उतिकै जोड दिएमा अछाम बहुमुखी क्याम्पसलाई नमुना बनाउन सकीने सरोकारवालाको भनाई छ । बार्षिकोत्सव समारोहमा बोल्ने अधिकांश वक्ताहरुले क्याम्पसले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथि टिपणी गरेका थिए ।

क्याम्पसले लिएको लक्ष्य अहिलेको समयम सुहाउदो र आश्यक्ता सहितको योजना रहेकाले यसलाई कार्यन्वयका लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्य रहेको बताएका छन । अहिलेपनि क्याम्पस सबै कुरामा आत्म निर्भन हुन नसकेकाले क्याम्पसलाई हरेक कुरामा आत्मनिर्भर सहितको क्याम्पस बनाउका लागि सबै क्षेत्रबाट सहयोगकको खाचो हरेको बताएका छन ।

अछाम बहुमुखी क्याम्पसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरुका लागि कोशेढुंगा सावित भएकाले अन्य जिल्लाका विद्यार्थिहरुपनि अछाममा आएर पढ्ने वातावरण सृजना गर्नुपर्ने कार्यक्रममा सहभागि अभिभावहरुले जोड दिएका छन ।

क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा क्याम्पसलाई सूचना प्रविधि अनुकुल हुनेगरि सफ्वेयर मार्फत लेखा, परिक्षा र पुस्तकालयको संञ्चालन व्यवस्थापन गरिएको, क्याम्पसको वेवसाईट निर्माण, विद्युतिय हाजिरी प्रणली जडान र विद्यार्थिहरुलाई सूचनाको पहुचमा वृद्धि गर्नका लागि डिजिटल सुचना बोर्ड संञ्चालमना ल्याईएको र आगामी शैक्षिक सत्रमा बाकी रहेका सम्पूर्ण कक्षा कोठाहरुमा प्रोजेक्टर जडान गर्ने कार्यलाई अगाडी बढाउने र डिजिटल क्याम्पसको रुपमा विकास गर्ने लक्ष्य क्यम्पसले लिएको छ ।

अछाम बहुमुखी क्याम्पसमा हाल स्नातकोत्तर तह एम.एड. अन्र्तगत शैक्षिक योजना तथा व्यवस्थापन र नेपाली बिषयका कक्षाहरु संञ्चालन भईरहेको छ भने शैक्षिक सत्र २०७८/०७९ देखी व्यवस्थापन संकाय स्नातकोत्तर तहमा वि.वि.एस/वि.एडका कक्षा संञ्चालन भईरहेको क्यापसले जनाएको छ । क्याम्पसमा स्नातकोत्तर तह एम.वि.एस /एम एड तहका कक्षाहरु सन्धाकालिन समयमा अनलाईनको माध्यमबाट संञ्चालन भईरहेको, स्नातक तह वि.एड/वि.वि.एसका कक्षाहरु संञ्चालन भईरहेको क्याम्पस प्रमुख बिष्टले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अछाम बहुमुखी क्याम्पसका संञ्चालक समितीका अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता एवं जेष्ठ नागरिक नर बहादुर बोगटी प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी जग्गादाता बोगटीले क्याम्पसको विकासका लागि आगामी दिन थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो भने संञ्चालक समितीका अध्यक्ष बोहराले क्याम्पसको विकासका लागि सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदै आगामी दिनमा नमुना क्याम्पस बनाउनका लागि कामगर्ने प्रबितद्धता जनाए ।

संञ्चालक समिती क्याम्पसलाई नमुना बनाउन लागीपरेको र यस कार्यमा सहयोग गर्न सरोकारवालालाई अनुरोध समेत गरे। कार्यक्रममा नेकपा एमाले चन्द्र बहादुर बोहरा, नेपाली काग्रेसका राजेश बोगटी, माओवादी केन्द्रका कमल थापा, नेकपा एकिकृत समाजवादीका नन्दराज ढुंगाना, नेपाल मजदुर किसान पार्टिका बिरेन्द्र बहादुर शाही, मंगलसेन नगरपालिकाका उप प्रमुख सरिता उपाध्याय, अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी लगायतले मन्तब्य राख्दै क्याम्पसलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट काम गर्ने प्राध्यापक र उत्कृष्ट नतिजा ल्याएर पास हुने विद्यार्थिहरुलाई सम्मान समेत गरिएको थियो । क्याम्पस संञ्चालक समितीका उपाध्यक्ष यज्ञराज ढुंगानाको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संञ्चालन अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धु्रब कुमार शाहीले गरेका थिए ।