अछाम : जिल्लाको प्रमुख ब्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकाको प्रबेशद्धारको रुपमा रहेको एरपोर्टबजारको बिच सडक अबरुद्ध भएको छ ।
छिपेखोला, जिप पार्कबाट नगर प्रबेश गर्ने बजारको बिच सडक ६ दिन देखि अबरुद्ध भएको हो । बजारको बिच सडक रहेको चोक नजिक ढल फुट्दा ठुलो खाल्डो परेको छ ।
सडक अबरुद्ध हुदाँ त्यस एयरपोर्ट जान, नगरपालिकामा आवतजावत गर्न कठिनाई भएको छ । सडक बन्द हुदाँ जिप, मोटरसाईकललाई आवतजावत गर्न जनकल्याण पुगेर फर्किनु पर्ने बाध्यता रहेको छ ।
६ दिन देखि सडक बन्द हुदाँ पनि नगरपालिका, बजार व्यावस्थापन समिती, नयाँ शहर आयोजना, वडा कार्यालय पनि चाँसो नदिएको बजार बासीको दुखेसो छ ।
प्रतिक्रिया