मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौष मसान्त भित्र मेल्लेख ३ ठाँटिलाई बाल मैत्री स्थानीय शासन वडा घोषणा गरिने ।

पौष मसान्त भित्र मेल्लेख ३ ठाँटिलाई बाल मैत्री स्थानीय शासन वडा घोषणा गरिने ।


बालबालिकाहरुका सवालको सम्बोधन गर्नाका लागि पञ्चबर्षिय रणनीतिक योजना निर्माण गर्दै दुई दिने कार्यसाला गोष्ठी मेल्लेखमा सम्पन्न”

अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा बालबालिकाहरुका सवालको सम्बोधन गर्नका लागि पन्चबर्षिय रणनीतिक योजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी मेल्लखमा सम्पन्न भएको छ ।

बाल संरक्षण सम्बन्धि स्थानीय स्तरमा अवस्था विश्लेषण गर्दा देखा परेका बालबालिकाा सवालहरु सम्बोधन गर्नका लागि कार्ययोजना र पन्चबर्षिय बजेट रणनीतिक योजना बनाएको छ। अब आगामी दिनहरुमा बालबालिका सम्बन्धित काम गर्ने जुन सुकै निकाय तथा संघ सस्थाहरुले यसलाई आधार मानि काम गर्नु पर्ने भएको छ ।

यस्तै मेल्लेख गाउपालिका वडा नं. ३ ठाँटीलाई बालमैत्रि स्थानीय शासन वडा घोषणा गर्ने बिषयमा पनि छलफल भएको छ । पुस मसान्तसम्म घोषणा गर्ने को लागि आवश्यक सबै सुचकहरु पूरा भए नभएको बारे अनुगमन गरिने मेल्लेख गाँउपालिकाले जनाएको छ ।

बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि पूरा गर्नु पर्ने सम्पुर्ण सुचकहरु पूरा नभएका कुरा गाउँ पालिकाले अनुगमन गरिसके पछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्नको लागि पत्र पठाउने र सम्पूर्ण सरोकारवाला निकाय र पालिका स्तरका साझेदारी संघसंस्थाहरु समेतलाई कामको जिम्मेवारी सहित वाड फाड गरेको छ ।

बालविवाह छाउपडिप्रथा ,सकरात्मक अभिभावकत्व लगायत मुख्य समस्या समाधानको लागि कार्यक्रम थप संचालन गरिने भएको छ । बालबालिकाहरु सङ्ग सम्बन्धित विभिन्न किसिमका नीति तथा कार्यबिधीहरु निर्माण गर्ने समेत पालिकाले निर्णय गरेको छ ।

कार्यशाला मेल्लेख गाउँ पालिकाको बाल अधिकार समितीले आयोजना वर्ल्ड भिजन इ नेपाल र आस्था नेपालको प्राबिधिक सहयोगमा भएको हो। मेल्लेख गाउँ पलिका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा समापन भएको कार्यशालाको सहजीकरण आस्था नेपालका कार्यक्रम अधिकृत भिम बहादुर खत्री र फिल्ड अधिकृत भ्वान सिह सार्कीले गरेका थिए ।

पालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ ब खडका, सम्पुर्ण बिषयगत शाखा प्रमुखहरु, आस्था नेपालका सामाजिक परिचालक तित बहादुर बिश्वकर्मा लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन आस्था नेपालका सामाजिक परिचालक तपेन्द्र बि क ले गरेका थिए ।

आस्था नेपालले यश अघि पनि मेल्लेखमा बालबालिका क्षेत्रमा बालविवाह छाउपडि प्रथा सामाजिक कुप्रथा अन्त्य गर्ने कार्यमा सहयोग गर्दै आएएको छ ।