मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाँउपालिकाको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

मेल्लेख गाँउपालिकाको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु


अछाम : जिल्लाको मेल्लख गाउँपालिका गाउकार्यपालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

मेल्लेख गाउपालिकाका उपाध्यक्ष धन बहादुर शाहिको अध्यक्षतामा भएको बैठकमा बालबालिकाको क्षेत्रमा काम गर्न र वडा न ३ ठाँटीलाई बालमैत्रि स्थानीय शासन वडा घोषणा गर्नका लागि रणनीतिक योजना कार्यबिधि २०७८ पारित गर्ने बैठकले निर्णय गरेको छ ।

जोखिम पु्र्ण भुगोल पहिचान गर्ने, बेरोजगार व्यक्तिहरुको सुचिकरण गर्ने, हात्तिकोट, कुष्कोट, शोडषादेबि ऋषिदह सडकको स्तर उन्नतिका लागि सम्बन्धित निकाय संग रकम माग गर्ने र नयाँ उद्यमि तालिम संचालनका लागि मेल्लेख वडा न ५ बिन्धेबासनि वडा न ६ शोडषादेवि वडा न ७ नन्देगडालाई छनोट गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै अति विपन्न घरपरिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रमको लागि सिफारिस गर्ने लगायतका निर्णय गरेको मेल्लेख गाउपालिका प्रबक्ता एवम् सामाजिक बिकास सयोजक नरपति रावलले जानकारी दिए ।

बैठकमा वडा अध्यक्षहरु कार्यपालिका सदस्य उपस्थित रहेको बैठकको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले गरेका थिए।