मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौसहित धेरै ठाउँमा तुसारो, चिसो हावाले जाडो थप बढायो

काठमाण्डौसहित धेरै ठाउँमा तुसारो, चिसो हावाले जाडो थप बढायो


काठमाण्डाै – केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो ।

बिहान हुस्सु कुहिरोसँगै तुसाराे पर्न थालेको छ भने दिउँसाे र बेलुका चिसो हावा चल्न थालेको छ । यसले गर्दा जाडो बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा तुसाराे पर्न थालेको छ । यस्तै, उत्तर पश्चिमी क्षेत्रबाट आएको हावाका कारण पनि चिसो बढेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलकाअनुसार उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने उहाँको भनाइ छ । अहिले उपत्यकासहित तराईका जिल्लामा हुस्सु, कुहिरो लागेको छ ।

दिउँसाे घाम लागे पनि आंशिक बद्ली हुने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।